सरकारी बजेट विलासी भाेजमा खर्च गरेकाे आराेप पछि मन्त्रीपदबाट राजिनामा


पेरिस : फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले मंगलबार राजिनामा दिएका छन्। मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ ।
मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका छन् । उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भनेका छन् । सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताउँदै आएका छन् ।



मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान (मङ्गलबार) बुझाएको छु, ” रगीले भने । उनले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्दै आएका थिए भने उनी सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहेका थिए ।