satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सावधान ! फेस एपबाट बुढ्यौली अनुहार देखाउँदा लिग हाेला गोप्य सूचना

satkarpost satkarpost
२०७६ श्रावण २ मा प्रकाशित
1,669
सावधान ! फेस एपबाट बुढ्यौली अनुहार देखाउँदा लिग हाेला गोप्य सूचना

काठमाडाैं : संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले आफ्नो बुढ्यौलीपनको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

उनीहरूले आफ्नो तस्बिरलाई फेसबुक, ट्विटर लगायतमा राखेर खुसी बाँडिरहेका छन्। जसबाट सेलिव्रेटीहरूसमेत अछुतो रहेनन्। भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुर, लगायतले सामाजिक संजालमा भविष्यमा देखिन सक्नेस्वरूपको तस्विर फेस एपमार्फत बनाएर सार्वजनिक गरेका छन्। कतिपयले आफ्ना प्रिय फुटबल स्टारको तस्विरलाई ७० वर्ष माथिको बूढो झै देखाएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्टस (एआइ) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप वाइरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो। यसका संस्थापक रसियन नागरिक यारोसलाभ गोन्चारोच हुन्। तर, के फेस एप सुरक्षित छ? यसको चर्चासँगै प्रश्न उब्जिएको छ। कतिपयले प्रयोग बन्द गरेपछि पनि एपले ग्यालरीमा रहेको फोटोहरू प्रयोग गरिरहेको गुनासो गरिरहेका छन्। लोकप्रिय फेसएपको साथ तपाईं फोटोहरूमा बुढ्यौली हेर्न सक्नुहुन्छ, तर तपाईंले आफ्नो फोटो र व्यक्तिगत जानकारी कम्पनीलाई प्रदान गर्नुहुनेछ जुन कम्पनीले बेच्नेछन्। जसको जानकारी न त तपाईंलाई हुनेछ। फेस एप सन २०१७ फेव्रुअरी १४ अर्थात् भेलेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो भने एप्पल स्टोरमा जनवरीबाटै राखिएको थियो।

त्यतिबेला ‘सेलिब्रेटी’ हरूले प्रयोग नगरेको कारण चर्चा कमै थियो। तर, यसपटक भने केही सेलिब्रेटीहरूले यो एप अचानक प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरबाट डाउनलोड ह्रवात्तै बढ्यो। एपमा राखिएको सेतो, कालो, एसियन र इन्डियन जस्ता जातियता झल्काउने फिल्टरका कारण ९ अगष्ट २०१७ मा फेसएपले आलोचनाको सामना गर्नुपर्‍यो। जसलाई यारोस्लाबले तुरुन्त हटाएका थिए।

फेस एपले के-के संकलन गर्दछ?
फेस एप प्रयोगकर्ताले लिने सबै फोटोहरू संग्रह गरेर आफनो डिभाइसमा बचाएर राख्छ। जसमा तपाईंको फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थान लगायतका महत्त्वपूर्ण डाटाहरू उनीहरूले लिने गर्छन्।

तपाईंले दिएको डाटा फेस एपले के गर्छ?
तपाईंले दिएका सबै जानकारीहरू कम्पनीको एउटा समूहसँग साझा गरिन्छ। जसलाई आधिकारिक रुपमा कम्पनीको सेवा सुधार गर्नका लागि प्रयोग गरिन्छ। फेस एपको प्राइभेसी नीतिअनुसार यसको विकासकर्ताहरूले उपयोगकर्ताहरूको डाटा एक स्थानबाट अर्को प्रयोगकर्तालाई बिनाजानकारी स्थानान्तरण गर्न सक्छ।

यो समूहसँग स्वतन्त्र रूपमा जोडिएका कम्पनीहरूको पहुँच डाटासम्म हुन्छ। जुन बाहिर समूहले खरिद गर्न सक्छ। फेस एपले अहिलेसम्म कुनकुन संस्था वा कम्पनीलाई डाटा हेर्न अनुमति दिइएको छ भन्ने खुलासा गरेको छैन। तर्सथ तपाईंको डाटा कसले कुन प्रयोजनका लागि उपयोग गर्छ जानकारी छैन्।

के त्यो डाटा दुरुपयोग हुन सक्छ?
पक्कै पनि तपाईंले दिएको जानकारी र डाटा गलत हातमा पर्‍यो भने तपाइको अनलाइन व्यवहार र स्केचका लागि प्रयोग गर्न सकिन्छ। तपाईंको फोटो र फोनको पहिचानलाई कम्पनीसँग लिंक गर्न सकिन्छ। उदाहरणकै रूपमा तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना, क्रेडिट कार्ड र पासवर्ड लिक गर्न पनि उनीहरूलाई सहयोग पुग्न सक्छ। आफ्नो डिभाइसबाट सेयर गरिएको कुकिजहरूलाई म्यापिङ हुन सक्छ जसमा तपाईं विशेष जानकारीहरूलाई सुरक्षित गरिएको हुन्छ त्यसको दुरुपयोग गर्न सक्छन्। जस्तो : पहिचान चोरी या जासुसी।

के यस्तो हुन्छ ?
तपाईंलाई कुनै जानकारी हुँदैन कुन फेस एपलाई दिएको डाटाको दुरुपयोग गरियो भनेर। प्रशोधन गरिएको डाटा र गोपनियताको सर्तले यो सिद्धान्तलाई सरल बनाउछ। साइबर अपराधीहरूले विगतका लिक भएका डाटाहरूलाई समान रूपमा प्रयोग गर्दै आएका छन्। जस्तो की पहिचानको चोरी गर्न वा अकाउन्ट ह्रयाक गर्न। एपको अनुप्रयोगको गोपनीयता नीति भन्छ, ‘यदि तपाईं युरोपियन संघमा वा कुनै अन्य क्षेत्रमा जहाँ अमेरिकी नियमहरूबाट अलग डेटा संग्रह नियमहरू छन भने, कृपया ध्यान दिनुहोस कि हामी तपाईंको जानकारी समावेश गर्न सक्दछौं, एक देशबाट, व्यक्तिगत डेटा। तपाईं अर्को देशमा हस्तान्तरण गर्न सक्नुहुन्छ।’ यसको अर्थ तपाईंको डाटा जहाँ पनि स्थानान्तरण गर्न सकिन्छ।

फेस एपमा यति धेरै घृणा किन?
फेस एपको युरोपमा अफिस छैन।तर, रसियामा रहेको वायरलेस लेव्स नामक कम्पनीले यसको निर्माण गरेको हो भन्ने चर्चा छ। युरोपमा आधिकारिक अफिस स्थापना नगरेकोले युरोपेली गोपनियता कानुन लागू गर्न समस्या छ। कम्पनीले सम्भावित तपाईंको डाटा हस्तान्तरण वा हटाउने बारेमा केही जवाफ दिएको छैन। यसको अतिरिक्त तपाईंले दिएको डाटा कहाँ छ यो पनि बताएको छैन।

कम्पनी रूसमा छ भन्ने विषयमा आलोचकहरू बीच आशंकासमेत पैदा गरेको छ। देशमा सरकारी ह्रयाकरहरूले आक्रमण गरिरहेका छन र सोसल मिडियामा नकारात्मक प्रचार फैलाउन लागेका छन्। अमेरिकी चुनावको समयमा समेत डोनाल्ड ट्रम्पलाई जिताउन रुसबाट ह्रयाकिङ गरिएको चर्चा चलेको थियो। एन्टिभाइरस कम्पनी कास्परस्कीले पनि रुसमा यसको मुख्यालय भएको र स्थानीय सरकारलाई सहयोग गर्न गरेको आरोप लगाएको छ।

डाटा दुरुपयोग कसरी रोक्ने
फेस एपमा संकलन गरिएको डेटा अब कम्पनीबाट हटाउन सकिदैन। अर्थात् तपाईं हटाउन सक्नुहुन्न। तर्सथ वायरलेस ल्यावलाई तपाईंको नयाँ डाटा संकलनबाट रोक्न एपको प्रयोग गर्न छोड्नुपर्छ। निःशुल्क एपको प्रयोग गर्नु पूर्व यसको निर्माण गर्न कहाँ? को हो? र डाटा के गर्छ? जानकारी हुनुपर्छ। यदि कम्पनी युरोपमा रहेको छ भने उसले गोपनियताको नियम पालना गर्नुपर्छ। यसको अर्थ तपाईंले जति बेला पनि डाटा हटाउन अनुरोध गर्न सक्नुहुन्छ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by satkarpost
२०७६ श्रावण २
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by satkarpost
२०७६ श्रावण २
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ श्रावण २
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ श्रावण २
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ श्रावण २
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ श्रावण २

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ श्रावण २
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ श्रावण २
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ श्रावण २

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ श्रावण २

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ श्रावण २
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.