काठमाडौं : एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरण तथा २०२३ को एसियन कपको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
फिफाले बुधबार निकालेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । त्यसपछि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्नेछ ।
विश्वकप छनोटमा नेपालले होम एन्ड अवेको आधारमा ८ खेल खेल्नेछ । जसमा ४ होम र ४ अवे खेल रहेको छन् । समूह ‘बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ । नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।
नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । यस्तै नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ ।
नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ ।
विश्वकप छनोटमा नेपालको खेल तालिका
नेपालविरुद्ध कुवेत ५ सेप्टेम्बर २०१९ (होम), कुवेतविरुद्ध नेपाल १९ नोभेम्वर २०१९ (अवे) अस्ट्रेलियाविरुद्ध नेपाल १० अक्टोवर २०१९ (अवे) नेपालविरुद्ध अस्ट्रेलिया ३१ मार्च २०२० (होम), नेपालविरुद्ध जोर्डन १५ अक्टोवर २०२० (होम), जोर्डनविरुद्ध नेपाल ४ जुन २०२० (अवे), नेपालविरुद्ध चाइनिज ताइपेइ १० सेप्टेम्वर २०२० (होम) चाइनिज ताइपेइविरुद्ध नेपाल २६ मार्च २०२० (अवे