satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाललाई विश्वभरी चिनाउने भगवान गाैतम बुद्धकाे मूर्ति ताेडफाेड

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,542
नेपाललाई विश्वभरी चिनाउने भगवान गाैतम बुद्धकाे मूर्ति ताेडफाेड

बुटवल : नेपाललाई विश्वभरी चिनाउने भगवान गाैतम बुद्धकाे मूर्ति ताेडफाेड भएकाे छ । अज्ञात समूहले लुम्बिनी क्षेत्रमा बुद्धका मूर्ति तोडफोड गरेको हुन्। बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति बुधबार राति तोडफोड गरिएको हो।

नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ। घटनाको अनुसन्धान गरी अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन्। अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीय महास्थिवीरले मूर्ति तोडफोड गर्नु अशान्तवादी चरित्र भएको बताए। ‘यो घटना निन्दनीय छ’, उनले भने, ‘अशान्ति चाहनेहरू यस्तो गतिविधिमा संलग्न छन्। घटनामा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ।’

राणा शासनयता बुद्धविरोधी गतिविधि भएको सम्भवतः यो पहिलो घटना हुन सक्ने जानकार बताउँछन्। २००१ सालमा बौद्ध धर्म प्रचार गरेको भन्दै सात भिक्षुलाई देशनिकाला गरिएको थियो। पछिल्लो घटनाले ती दिनको स्मरण गराएको भिक्षुको भनाइ छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो घटना लज्जास्पद भएको बताए। यसले नकारात्मक सन्देश प्रवाह गर्ने चिन्ता उनले व्यक्त गरे। बुद्धको मूर्ति कुन स्थानमा राख्ने/नराख्ने भनेर प्रश्नसमेत उब्जिएको उनको भनाइ छ। ‘बाटो–बाटोमा बुद्धका मूर्ति राख्नु कत्तिको उचित छ ? ’, उनले भने, ‘यसको सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण भएको छ।’ बुद्ध कुनै धर्मका नभई साझा हुन् भन्ने शिक्षा दिन नसकेका कारण पनि घटना भएको हुन सक्ने उनको ठम्याइ छ।

रूपन्देहीमा तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सडकका बीचमा मूर्ति राखेका छन्। बुद्धका मूर्ति राख्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने तिलोत्तमाका मेयर वासुदेव घिमिरेले बताए। ‘मूर्ति तोडफोड विकासविरोधी गतिविधि हो’, उनले भने। कार्यपालिका बैठकले घटनामा संलग्नलाई तत्काल कारबाही गर्न प्रहरी–प्रशासनलाई आग्रह गरेको छ।

प्रदेश ५ प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिले घटनाको निन्दा गरेको छ। समिति सभापति दधिराम न्यौपानेले विज्ञप्ति जारी गरी मूर्ति तोडफोड धार्मिक मूल्यमान्यताको अपमान भएको बताएका छन्। नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन्।

मूर्ति तोडफोडका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले छुट्टै टिम बनाएर अनुसन्धान गरिरहेको बताए। इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई नेतृत्वको टोली अनुसन्धानमा खटिएको हो।

कांग्रेसको आपत्ति
बुद्धका मूर्ति तोडफोड भएकोमा कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञिप्त निकालेर घटनाको भत्र्सना गरेका छन्।

नेपाललाई विश्वमा चिनाउने भगवान गौतम बुद्धका मूर्ति तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको खाणले जनाएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी यसमा संलग्न दोषीलाई यथाशिघ्र कानुनी कारबाही गर्न कांग्रेसले माग गरेको छ।

अज्ञान समूहले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार राति तोडफोड गरेका बुद्धका मूर्ति। अन्नपूर्णपाेष्ट दैनिकबाट ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.