बुद्धकाे मूर्ति ताेडफाेड गर्दैमा धार्मिक सहिष्णुता र सद्भावमा खलल पर्दैन
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले कुनै फरक नपर्ने बताएका छन् । उनले यो घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने पनि जनाएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।
बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने बताए । नेत्रविक्रम चन्द नेतृत्वको समूहले शक्ति सन्चयका लागि वार्ता गर्न खोजेको भए सरकारले वार्ता नगर्ने उनको भनाइ थियो ।