भयानक सडक दुर्घटनाः २ जनाको ज्यान गयाे, ११ घाइते


काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिका –५ भुकाखोलामा जिप दुर्घटना भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी २ जनाको ज्यान गएकाे बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए । घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ।



जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ।
यस्ताे छ घुर्टनाकाे विवरण