प्रदर्शनकारीले गरे प्रधानमन्त्रीको पुत्ला दहनः महंगाे हुँदैछ लोकसेवाको विज्ञापन खारेजीकाे माग
काठमाडौं : आफूहरूलाई अन्याय गरेकाे भन्दै लाेकसेवा आयाेग विरूद्ध आदिवासी जनजातीहरूकाे प्रदर्शन राेकिएकाे छैन् । आजपनि उनीहरूले राजधानीमा प्रदर्शन गरेकाे छन् । लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छन् ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्याली शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि आन्दोलनकारीले मन्त्रीहरूको पुत्ला दहन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भयो।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाबाट पदपूर्तिको विज्ञापन गरेको थियो। उक्त विज्ञापन संविधान, कानुन तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्।