हिन्दु समाजभित्र गाेत्र के हाे ? जानिराख्नुस् कुन थर भित्र कुन गाेत्र हुन्छ ?

काठमाडौं : धेरैलाई थाहा नभएकाे कुरा हुनसक्छ गाेत्रकाे बारे । थाहा भएकाेलाई पनि पुरा थाहा नहुन सक्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि याे महत्वपूर्ण विषय हाे । गाेत्रकाे बारे जानि राख्दा धेरै कुराकाे फाइदा छ । जस्ताे कि सहगाेत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गाेत्रसँग मितेरी गाँस्ने, कुन-कुन गाेत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदी इत्यादी कुराहरू रूचिका विषय बन्न सक्छन् ।

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि बुझिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।

उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन् । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बीच बिहावारी चल्दैन ।

नेपालमा जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।

यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।

एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो ।अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।

नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था
नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो ।

पहिलो– उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता। दोस्रो– युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता। तेस्रो– युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता। चौथोँ– मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर एवम् पटकपटक लड्दै नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता। यी चारै वटा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित महासभ्यता हुन्। र, पाँचौ– चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता। यो पछिल्लो हो तर यो एउटा महासभ्यता नै हो ।

नेपाली समाज यी फरक–फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौ जाति र समुदाय रहेको समाज हो। उनीहरूका आ—आफ्नै वंश परम्परा, पुर्खा सम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू छन्। ती विषयहरू एक आपसमा फरक छन्। एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम ज्ञान हुन्छ। गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकोले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुर्‍याउँछ। अझ यसोभन्दा झनै सही होला कि नेपाली समाजमा चल्दै आएको समग्र अर्थ–राजनीतिक ढाँचाका कारणले नै नेपाली समाजमा गोत्र, थर आदिबारे भ्रमहरू रहिरहेका छन् ।

राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि–आदि ।

यसप्रकारको राज्यको बलात् हस्तक्षेपकारी नीतिका कारण हिन्दू उच्च जातबाहेककाको त्यस्ता विषयमा जानकारी लिन अरुलाई वास्तै नहुने, रुचि नै नजाग्ने, उनीहरूका थर गोत्र सुन्दा पनि असभ्य मान्छेको कमसल परिचय जस्तो भान हुने स्थिति बन्न पुग्यो। राज्यको त्यसप्रकारको नीति अघि बढ्दै जाँदा उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने आदि काम हुँदै आए। यसको सबै भन्दा बढी मार दलितमाथि पर्‍यो जसको कारण कतिपय स्थानका दलित परिवारले आफ्नो वास्तविक थर गोत्र नै बिर्सिसक्ने स्थितिसम्म पुगेको देखिन्छ। त्यसैगरी हिन्दू उच्च जातबाहेकका जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हिनताबोध हुने वा कम्तीमा आफैभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूर्ण परिघटना घट्दै आयो ।

गोत्र के हो ?
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् (मोर्गन सन् १९६४)। अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो। त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो। त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन् ।

यसप्रकार मानव समाजमा सुरुमा गोत्र भन्नाले एउटै पुर्ख्यौली रक्तखलकका मानिसको झुण्ड थियो। तर मानव समाज सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति, हजारौं उपजातिमा विभक्त र विकसित भइसकेको छ। त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन। अर्को कुरा, मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको पनि आज करिब सात हजार वर्ष बितिसकेको स्थितिमा आजका मानवशास्त्रीहरूले भने झैं कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन, कतै न कतै छ्यासमिस भइसकेको छ। त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्दछ, जस्तो कि अझै कतिपयले त्यस्तो गर्ने प्रयत्न गर्दछन् ।

आजको विश्वग्रामको युगमा र प्रेम विवाह हावी हुँदै गएको समयमा गोत्र र थरको विषय एउटा सामान्य पारिवारिक वा व्यक्ति परिचयको अर्थमा मात्र कार्यकारी हुन थालेको छ। गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै छ र सारमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नाका लागि मात्र उपयोग भइरहेको छ। भविष्यमा थरहरू केवल परिवार र व्यक्ति परिचयमा मात्र सीमित हुने स्थिति आजबाट हेर्दा स्पष्ट देख्न सकिन्छ। यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पूर्वजको लहरो पहिल्याउनेसम्मको यात्रा हो, त्यो पनि बाबुबाट मात्र वंश चल्दै आएकाले पुरुष पूर्वजको मात्र लहरो फेला पर्ने यात्रा हो।

नेपालमा गोत्र र थर जस्ता विषयलाई पनि उत्पीडन, अपमान, शोषक वर्गीय मुल्य मान्यता निर्माणका सानातिना कलपूर्जा बनाइएको ऐतिहासिकता रहेकाले उत्पीडित समुदायले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अङ्ग बनाउनु भने अवश्य पर्दछ। कुनै पनि मानव समुदाय अर्को भन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्व राख्दछन् ।

मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ। त्यस सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ। त्यसमध्ये हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ। वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र दलितहरूलाई राखिन्न। हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन् भन्ने दावी त्यसमा पाइन्छ ।

ती मुख्य ऋषिका चेला वा उपऋषिहरूको नामलाई चाँहि प्रवर भन्ने गरिन्छ। यसरी जो ऋषिका सन्तान हुन्, ती सबै उच्च जातीय मानिन्छन्; तब नीच मानिएका जातको वंश खलकलाई ऋषिसँग जोड्न मिल्ने कुरै भएन। त्यसैले दलितहरूको गोत्र र प्रवर ऋषिको नामसँग सम्बन्धित गर्न दिइएको छैन। जो जात घटुवामा परेर अछूत बन्न पुग्यो, त्यसको पनि पुरानो गोत्र क्रमशः खोस्दै लगेर आम ‘अछूत’ को परम्परागत गोत्रमै कायम गरिदिने प्रचलन चल्यो ।

यसप्रकार हिन्दू उच्च जातीय गोत्र वास्तवमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्; मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन। यो विषयलाई सामान्य विश्लेषणबाट पनि स्पष्ट पार्न सकिन्छ किनभने ऋषिहरू स्वयमको गोत्र के थियो? के ऋषिहरूभन्दा पहिले गोत्रमा आधारित समाज थिएन? समाजमा ऋषि स्वतः थोरै हुन्थे भने ऋषिबाहेकका बहुसङ्ख्यक मानिस जो हिन्दू नै थिए, तिनको गोत्र के थियो? ऋषिपछिका त आजका तागाधारी समुदाय भए तर ऋषिहरूसँगै बाँचेका मानिसहरू जो ऋषिका सन्तान होइनन तर हिन्दू नै हुन, ती तमाम ब्राह्मण र क्षेत्रीय बाहेकका वैश्यहरूको गोत्र पनि कसरी ऋषिकै नाममा रहन गयो ?

यस्ता कैयन प्रश्नहरू छन्, जसको विश्लेषण गर्दा हिन्दू उच्च जातीय ऋषि नामका गोत्र र प्रवरहरू उच्च जातीय श्रेष्ठता सिर्जना गर्न बनाइएका मिथक मात्र हुन् भन्न सजिलै सकिन्छ। तर हिन्दू समाजमा दलितहरूको गोत्र, अझ ठोस गरी भन्दा आर्य–खसभित्रका दलितको गोत्र चाँहि कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई सङ्केत गर्ने खालका छन्। आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन। बरु काशी भनेको खस जातिको एउटा शाखा वा एक समयको प्राचीन नाम हो जुन जातिलाई छागल पनि भनिन्थ्यो। त्यसैगरी कोशल पनि खसभित्रको छाग जातिकै अर्को नाम हो। काशी कोशल भन्दा दुई वटै खसभित्रका प्राचीन जाति बुझाउँछ। गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरूमध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् भनी पुष्ठि गर्दछ। यसरी हेर्दा आर्य–खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको छ। यो गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दू बनाइएका केही क्षेत्रीमा चाँहि पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई सङ्केत गर्ने स्तरका हुन् भनी भन्न सकिन्छ ।

त्यसैगरी आर्य–खसभित्रका दलितमा प्रवर हुँदैन जुन ऋषिकै नाम हो बरु शाखा भन्ने हुन्छ। थरसँगै शाखा सोध्ने चलन नै थियो र अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ। खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए । त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ। त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न ।

जात के हो ?
हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा ।

त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो ।

कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको –कतिपयका भनाइमा हुम्ला) सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि आदि ।

थर के हो ?
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन् । नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ । हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ ।

थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः
क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल । ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की । ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य । घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा । ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला । च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन् । छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली । ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा । झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा ।

नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जाति/समुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जाति/जात/समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्।

दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन वटा कारण छन्। एक, उद्गम स्थल एउटै भएकोले। जस्तै, पौडी क्षेत्रबाट हिडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल भनी चिनियो । दुई, पद्वीसँग मिल्न गएकाले । जस्तै, मण्डल, मिझार जस्ता पद दलित, जनजाति र मधेसका वैश्य अन्तरगतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पद्वी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो । र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थर चाँहि कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो ।

थरको आधारमा जाति वा जातको चिनारी सम्भव छैन !
नेपाल यस्तो देश हो जहाँ नाम र थरको आधारमा एउटा समुदायलाई मात्र प्रष्ट चिन्न सम्भव छ— त्यो हो मुस्लिम। अरु कसैको पनि पहिचान सम्भव छैन। लामा थर लेख्ने नेपालमा दर्जन भन्दा बढी जाति छन्। लामा थरका आधारमा जाति कसरी चिन्ने ? मण्डल, चौधरी, लगाएतका थर लेख्ने थुप्रै जात/जाति छन् । थरका आधारमा कसरी जात चिन्ने? शर्मा थर लेख्ने आर्य–खस, नेवार र मधेसमा छन्। थरका आधारमा कसरी चिन्ने? किराँत राई या राय दुवै पदीय थर हुन् जुन दनुवार, किराँत, यादव, नेवार र क्षेत्रीको हुन्छ । अब कसरी छुट्याउने? बुढाथोकी मगर, कामी, क्षेत्री हुन्छन्। अब थरका आधारमा कसरी किटान गर्ने? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन्। राउत पहाडिया क्षेत्री, मधेसी वैश्य र धोवी दलितसम्मको हुन्छ । कसरी जात छुट्याउने ?

तसर्थ, थरहरूको आधारमा मात्र नेपालमा जाति वा जात प्रष्ट हुन्छ भनी बुझ्ने बुझाइ नै गलत छ, त्यस बुझाइलाई फेर्नु अवश्यम्भावी छ । नेपालमा जाति वा जात जान्न वा खुलाउन खोज्दा थर मात्र भनेर पुग्दैन बरु जाति वा जात पनि अनिवार्य रूपमा खुलाउनु पर्ने हुन्छ। थरको आधारमा मात्र व्यक्तिको सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन ।

गोत्रबारे जान्नुपर्ने कुरा : कुन थरको गोत्र के हुन्छ ?
थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ, थर पनि खान्छ । तर, थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ ।

समाजशास्त्रीका अनुसार गाेत्र
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरू भनेका छन् । उनका अनुसार गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो । त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो ।

थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकेका हुन्छन् । हामी कुन ऋषिका सन्तति हौ भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ ।

मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । यसपश्चात् ऋषिहरूको पनि उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।

गोत्रको अर्थ कल वा वंश भन्ने हुन्छ । गोत्रले वंश विस्तार गर्ने महर्षिहरूलाई पनि बताउँछ । विशेषतः विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तर्षी र अगस्तिसमेतका सन्ततिलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ ।

धर्मसिन्ध र निर्णयसिन्धमा ४९ प्रकारका गोत्र रहेको केरा उल्लेख गरिएको छ । गोत्रका वंश फैलाउने ऋषि विशेषलाई प्रवर भनिन्छ । प्रवरको अर्थ मुख्य वा प्रधान भन्ने पनि हुन्छ । गोत्रलाई विस्तार गर्ने ऋषि विशेष नै प्रवर हन् । प्राय तीन प्रवर प्रचलित छन् । यसैगरी पाँच प्रवर पनि केही थर गोत्रीले प्रयोग गरेका छन् ।

थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । भण्डारको काम गर्ने भण्डारी, अधिकारको प्रयोग गर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि । यस विषयमा आ–आफ्ना रीतिस्थिति कल परम्पराले पनि भिन्नता ल्याएको हुन सक्छ । कतिपय भाषाका स्थानीय भेद एवं अन्य भाषासँगको प्रभावले पनि थर भिन्न बन्न पुगेका बताइन्छ ।

उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल, पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य, पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा, सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला, जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन् । राष्ट्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली, आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा,ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा, यसरी थरको नामाकरण गरिएका पाइन्छ ।

कुन थरको गोत्र के हुन्छ ?
१.अंगिरस–जोशी (सिलाई), सेढाई, शौनक, २.शाही अगस्ति– ढुंगेल ३.अगस्त्य ४.अत्रि–चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे ५.अपस्थंभ, आत्रेय–दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल ६.उषानस, कश्यप–शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु–पंछीहरुको ७.कात्यायन, कौडिन्य–आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले) ८.गौतम घृतकौशिक–सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल ९.उपमन्यु – मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
कौशिक – रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी १०.माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ, जमदग्नी, दक्ष, पराशर–मरहठ्ठा, लामा (कार्की), कट्टेल ११. बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी १२.धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली बृहस्पति, बौधायन, बौधायन, १३.भारद्वाज– चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला) भार्गव, मनू, यज्ञवल्क्य, लिखित, १४.वत्स – राणा, कुँवर, लम्साल, दाहाल, रुपाखेती १५.विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई) विष्णु, व्यास, शंख, शतताप, संवर्त,हरित आदी । केही थर भने गोत्रमा बाँडिएको पनि पाइन्छ ।

किन हुँदैन एउटै गोत्रमा विवाह गर्न ?
विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् ।

विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।

विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले । मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।

धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ ।

यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।

सम्बन्धित खवर

Back to top button