सत्तारूढ दलकाे ७७ वटै जिल्ला ६ महानगरका इन्चार्ज र सह-इन्चार्ज टुंगाे लाग्याे (सूचीसहित)


काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला र ६ वटा महानगरकाे इन्चार्ज र सह-इन्चार्जकाे टुंगाे लगाएकाे छ । नेकपाकाे आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको हाे ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताको कामलाई अन्तिम रुप दिन लागिएकाे हाे । आज त्यस अन्तरगत ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जहरु तोक्ने काम सकिएकाे छ ।



प्रवक्ता श्रेष्ठले भने, ‘अब पर्सी (मंगलबार) धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाइनेछ।’
हेर्नुस् सूचि