नेपालगंज नाकामा मालबहाक गाढी अलपत्र

मालबाहक गाडी पाँच दिनदेखि नेपालगन्ज नाकामा अलपत्र बाँके : पाँच दिनदेखि मालबाहक गाडी नेपालगन्ज नाकामा अलपत्र परेका छन् । साउन १ देखि नेपालगन्जबाट एउटा पनि मालबाहक गाडी नेपाल नभित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। भ्याट र ट्रयाकिङको विरोध गर्दै भन्सार एजेन्टले कामकाज बन्द गरेपछि १ साउनदेखि नेपालगन्ज नाका भएर कुनै मालबाहक गाडी नेपाल नभित्रिएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए।

उनले एजेन्ट र उनीहरूका प्रतिनिधिले भन्सार जाँचपासको काम नगर्दा भारतबाट नेपाल भित्रिएका मालबाहक गाडीसमेत भन्सार हुन नसकेको बताए। भन्सार नभएपछि नेपालगन्ज नाकामा मालबाहक गाडीको लामो लाइन लागेको छ। ‘मालबाहक गाडीको भन्सार हुन सकेको छैन, एजेन्टले काम नगरेपछि पाँच दिनदेखि मालबाहक गाडी नेपाल भित्रिन नसकेको अवस्था छ्,’ उनले भने।

मालबाहक गाडी नेपाल भित्रिन नपाएपछि नेपालगन्ज भन्सारको राजस्व संकलनसमेत प्रभावित भएको छ। दैनिक सरदर साढे तीन करोड राजस्व संकलन हुँदै आए पनि १ साउनदेखि दैनिक एक करोडको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत निरौलाले बताए।

‘मालबाहक गाडीको भन्सार नभएपछि कार्यालय सुनसान जस्तै छ,’ उनले भने, ‘कर्मचारी फुर्सदिला भएका छौँ, भने देशलाई दैनिक सरदर दुई करोड रुपैयाँ राजस्व घाटा भइरहेको छ।’ चार दिनदेखि नेपालगन्ज नाकामा अलपत्र परेको भारतबाट कोइला लिएर नेपालगन्ज नाकामा आइपुगेका गाडी चालक साजिद हुसैनले बताए। मालबाहक गाडी छेउमै खाना पकाएर खाने तरखर गरिरहेका हुसैनले एजेन्टले काम नगर्दा अलपत्र परेको बताए। दाङको घोरोहीका लागि कोइला लिएर आएको बताउँदै उनले अनाहकमा दुख पाएको बताए। ‘अझ कति दिन दुख पाउने हो पत्ता छैन। न एता न उताका भयौँ,’ उनले भने।

सम्बन्धित खवर

Back to top button