भगवानले पनि बचाउन सकेनन्


पाँचथर : आखिरमा भगवानले पनि बचाउन सकेनन् रूद्र र जगत राईलाई । किनभने मन्दिरकाे ढलान उतार्ने क्रममा नै उनीहरकाे ज्यान गएकाे छ । पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा निर्माणाधिन मन्दिरको छत भत्किएर लाग्दा सोमबार बिहान दुईजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
हिलिहाङ-७ मा निर्माणाधीन यलम्बर पार्क भित्र रहेको मन्दिरको छत टेका खुस्काउने क्रममा झरेको हो । २० दिन अघि मात्रै ढलान गरिएको छत निरन्तरको वर्षाका कारण पूर्ण रुपमा ‘सेट’ नहुँदै झिकिएकोले छत झरेको अनुमान प्रहरीले गरेको छ ।



उक्त घटनामा स्थानीय ५१ वर्षीय रुद्र राई र ५० वर्षीय जगत राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट ।