शृंखला खतिवडाको प्रेमः हल्ला कि बास्तबिकता ?

काठमाडाैं : पूर्व मिस नेपाल मात्रै हाेइन झण्डै विश्व सुन्दरीकाे ताज पहिरी सकेकी श्रृङ्खला खतिवडा यतिबेला प्रेममा फसेकाे चर्चा चारैतिर चुलिएकाे छ । नेपाल चर्चै चर्चाको देश हो भन्दा फरक नपर्ला । २०१८ की मिस नेपाल श्रृङखला खतिवडाको प्रेम चर्चाले पनि यतिबेला नेपालमा राम्रै ठाउँ पाउन थालेको छ । अहिले खतिवडा विदेशमा टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको छिन् ।

विदेश घुम्न गएकी खतिवडाले टर्कीमा भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको छ । हुन त, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो ।

तर, यो बिषयमा उनीहरु दुबैले केहि बोलेको भने छैनन् । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजाल तातेको छ । प्रेमीको काधमा शृंखला बिन्दास पारामा देखिएकी छिन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो निकैनै चर्चामा आएको थियो

श्रृङ्खलाले आफ्नो सफलतामा पनि शिसनको नाम लिने गरेकी छिन् । मिस नेपालहरु अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यही विचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हो भन्ने चर्चा पनि हुन थालेको छ । तर, यो बिषयमा उनीहरूले औपचारिक रुपमा केही पनि बोलेका छैनन् ।

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेमको चर्चा शुरु
केहि दिन देखि सामाजिक संजाल निक्कै तातेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सार्वजनिक भए संगै साम्राज्ञीको चर्चाले सामाजिक संजाल तातेको हो ।इण्डोनेसीयामा एक युवकसंगको अंतरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।इण्डोनेसीयामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् ।साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ ।चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो ।

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेम को चर्चा समेत शुरु भएको छ ।सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाले टर्कीमा भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो।शिसनको काँधमा तस्बि रमा श्रृङ्खलाले सिसनको टाउकोमा हात राखेकी छन् । यहि फोटोसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको हो । शिसन एक युटुबर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा भिडियो समेत बनाएका थिए । तर सिसन र शृंखला ले भने आधिकारिक रुपमा स्गवीकार गरिसकेका छैनन् ।

सम्बन्धित खवर

Back to top button