एकाएक भाइरल बने नायिका सुरविना कार्कीका तस्वीर


काठमाडाैं : यतिबेला नायिका सुरविना कार्कीका तस्वीरहरू एकाएक भाइरल बनिरहेका छन् । नेपाली हट एण्ड ग्याल्यमरस नायिका सुरविना कार्कीका तस्वीरहरू सामाजिक सञ्जालमा एकाएक भाइरल बनेका हुन् । अहिले उनी मुम्बईमा रहँदै आएकी छिन् । उनी केही दिनमा नै नेपाल फर्किदैंछिन् ।
नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मरिरहेकी छिन् ।
उनले आफ्नो अभिनय र लोभ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण ,कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन ।
सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रसारण भएको ‘दिल हि तो हे’मा समेत काम गरिरहेकी छिन् साथै उनी ‘जेली विन्स एजेन्सी’सँग आबद्ध भएर पनि काम गरिरहेकी छिन् ।


