विप्लव नेतृत्वकाे नेकपाका इन्चार्ज र सेक्रेटरी पक्राउ
म्याग्दी : प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका २ जना कार्यकर्तालाई पक्राउ गरेकाे छ । प्रहरीले सोमबार साँझ करिब ५ बजे बेनी नगरपालिका–३ भकिम्लीको राखुबेंसीबाट म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षेत्री ‘विकिरण’ र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ प २१७० नम्बरको यामाहा मोटरसाइकलमा सवार नकाल र शाक्यलाई बेनी–दरवाङ सडकको चुत्रेनी–सिंगा खण्डमा पर्ने नयापुलबाट भकिम्ली तर्न क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो ।
सादा पोसाकका प्रहरीले पक्राउ गरेपछि प्रहरी कार्यालयबाट भ्यानमा राखी बेनी ल्याइएको थियो । विप्लव नेतृत्वकाे नेकपाले म्याग्दीमा तीन दिनअघि गाउँ—गाउँका लघुवित्त संस्था विरुद्ध प्रेस विज्ञप्ती जारी गरेपछि प्रहरी सकृय भएको थियो ।