हेटौंडामा भयानक सडक दुर्घटनाः एकैचाेटी ८ सवारी ठाेक्किए

हेटाैंडा : पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा एकैपटक ८ वटा सवारी एकापसमा ठोकिएर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी ९ जना घाईते भएका छन् । दुर्घटनामा हेटौंडा वडा नम्बर ९ का अटो चालक सुजन ढकाल, नाम नखुलेका करीब २५ बर्षका पुरुष भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिएका छन् ।

एन एल ओ डि ८०३१ नम्बरको भारतीय लहरी हेटौंडा तर्फ आउने क्रममा लहरीको ब्रेक फेल भई दुर्घटना हुँदा हेटौंडाबाट बारा तर्फ गईरहेका ना १ ह ८८२४ नम्बरको अटो, बा ६६ प ६२१३ नम्बरको मोटरसाईकल, ना १ ज ७७८६ नम्बरको सुमो, ना ५ ख ३१४१ नम्बरको बस, ना ५ ख ५११३ नम्बरको बस, भे १ क ६३१ नम्बरको ट्रक र को २ च २२६७ नम्बरको बलेरो एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा घाईतेहरुको हेटौंडा स्थित हेटौंडा अस्पताल, चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते मोटरसाईकल चालक हेटौंडा वडा नम्बर ४ का नवराज तिमल्सिनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको जनाईएको छ ।

सो स्थानमा हिजो बेलुका देखि एन एल ओ डि ८०३१ नम्बरको भारतीय लहरी उकालोमा लोड तान्न नसकी सडकमा तेर्सो परेर आज बिहानसम्म सवारी रोकिएका थिए । प्रहरीले क्रेनको सहायताले आवागमन खुलाए पश्चात सोही लहरी नै ब्रेक फेल भई त्यही नै दुर्घटना भएको थियो ।

सम्बन्धित खवर

Back to top button