बेलायतकाे नयाँ प्रधानमन्त्री बाेरिस जाेन्सन बन्दै

काठमाडौं : बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुन्न भएको निर्वाचनमा विजयी भएसँगै जोन्सनलाई बेलायतको प्रधानमन्त्री बन्न बाटो खुलेको हो।

उनले दलभित्रको नेतामा जेरेमी हन्टलाई पराजित गरेका हुन्। जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाएका छन्। जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक विफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। बेलायतकाे राजनीतिक संस्कार अन्य मुलुकका लागि पनि प्रेरणादायी रहेकाे राजनीतिक विश्लेषकहरू बताउँछन् । मे आउनुभन्दा अघि पनि डेबिड क्यामरूमले नैतिकताकाे आधारमा राजीनामा दिएका थिए ।

सम्बन्धित खवर

Back to top button