satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

खेल जीवनबाट रिटायर हुँदै मालिंगाः यस्तो रह्यो उनको क्रिकेट यात्रा

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ८ मा प्रकाशित
450
खेल जीवनबाट रिटायर हुँदै मालिंगाः यस्तो रह्यो उनको क्रिकेट यात्रा

एजेन्सी : श्रीलंका क्रिकेट टोलीका प्रभावशाली फास्ट बलर लासिथ मालिंगाले यसै महिना एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३५ वर्षीय मालिंगाले यसै महिना सुरु हुने बंगलादेशविरुद्को एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका क्रममा सन्यास लिन लागेका हुन् । मालिंगाले बंगलादेशविरुद्को पहिलो खेलपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् । श्रीलंका र बंगलादेशबीचको पहिलो एकदिवसीय क्रिकेट आगामी शुक्रबार कोलम्बोमा खेलिने छ ।

मालिंगाको सन्यासपछि श्रीलंकाली टोलीमा अनुभवी बलरको अभाव खट्किने छ । श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने पनि यो कुरामा सहमत छन् । ‘मालिंगाको सन्न्यास हाम्रा लागि निकै ठूलो क्षति हो । तत्काल उनको अभाव पूरा गर्ने अर्को बलर अहिले हामीसँग छैन’, करुणारत्ने भन्छन्, ‘बंगलादेशविरुद्को शृंखलापछि हामीले सबैभन्दा बढी विश्वास गरेको बलर हामीसँग हुने छैनन् । त्यसैले उनको विकल्प खोज्नु हाम्रा लागि सबैभन्दा ठुलो चुनौती हो ।’

मलिंगाले सन्यासको विषयमा आफूसँग पनि कुरा गरिसकेको करुणारत्नेले जनाएका छन् । हालै सम्पन्न विश्वकपमा श्रीलंका लिग चरणबाटै बाहिरिएको थियो । यद्यपि विश्वकपमा मालिंगाले सात खेल खेल्दै १३ विकेट लिएका थिए । मालिंगा उक्त विश्वकपमा सर्वाधिक विकेट लिने श्रीलंकाली बलर हुन् । विश्वकपमा अर्का श्रीलंकाली बलर इसुरु उडनाले सात खेल खेलेर ६ विकेटमात्र लिन सकेका थिए । ‘मालिंगाको सन्यासपछि हामीले अर्को विश्वकपलाई ध्यानमा राखी अहिलेदेखि युवा बलरको क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ’, करुणारत्ने भन्छन् ।

यस्तो रह्यो उनको क्रिकेट यात्रा
मालिंगाले सन् २००४ को जुलाई १७ मा संयुक्त अरब इमिरेट्विरुद्को खेलमार्फत एकदिवसीय प्रतियोगितामा ‘डेब्यु’ गरेका थिए । आफ्नो ‘डेब्यु’ खेलमा उनले एक विकेट लिएका थिए । उनले श्रीलंकाका लागि हालसम्म दुई सय २५ एकदिवसीयको दुई सय १९ पालिमा कुल तीन सय ३५ विकेट लिइसकेका छन् । एकदिवसीय क्रिकेटको उनको उत्कृष्ट प्रदर्शन ३८ रन दिएर ६ विकेट हो । उनले आठ खेलमा पाँच विकेट लिएका छन् भने ११ वटा खेलमा चार विकेट हात पारेका छन् ।

टेस्ट क्रिकेटमा भने उनले ३० खेलको ५९ पालिमा एक सय एक विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५० रन दिएर पाँच विकेट हो । टी-२० क्रिकेटलाई भने उनले आगामी दिनमा पनि निरन्तरता दिनेछन् । यसैगरी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनले ७३ खेल खेल्दै ९७ विकेट लिएका छन् । टी-२० मा उनको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर पाँच विकेट हो ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
२०७६ श्रावण ८
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
२०७६ श्रावण ८
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

२०७६ श्रावण ८
अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

२०७६ श्रावण ८
हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

२०७६ श्रावण ८
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ श्रावण ८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ८

das beste Casino Deutschlands

२०७६ श्रावण ८

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ८

Avast Free Review Windows

२०७६ श्रावण ८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.