मलेसिया विरूद्धकाे खेलमा नेपाललाई अर्काे सफलता (लाइभ)


काठमाडौं, साउन ८ : मलेसिया विरूद्धकाे खेलमा नेपाललाई अर्काे सफलता हात परेकाे छ । बसन्त रेग्मीले अर्काे एक विकेट लिएसँगै नेपाललाई अर्काे ठूलाे सफलता हात परेकाे हाे । रेग्मीले एकै ओेभरमा दुई विकेट लिएका छन् । करण केसीले एक विकेट लिएका थिए । सन्दिप लामिछानेले एक विकेट लिएका छन् । त्यस्तै साेमपाल कामीले ३ विकेट झारी सकेका छन् । मलेसियाले लगातार ७ विकेट गुमाइसकेकाे छ ।
सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर बलिङ रोजेको छ । वर्षाकाकारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् ।



वान म्यान आर्मीकाे रूपमा रहेका पारस खड्का नहुँदा खेल केही धर्मराउन पनि सक्ने देखिन्छ । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् ।
लगातारको वर्षाको कारण निर्धारित समय भन्दा २ घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको छ । नेपाललाई अर्को चरणमा पुग्न मलेसियाविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।
नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी
लाइभ भिडियाे