हार्दिक बधाई ! क्रिकेटमा ज्ञानेन्द्र मल्लकाे नयाँ किर्तिमान

काठमाडौं : आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा ज्ञानेन्द्र मल्लले नयाँ किर्तिमान रचेका छन् । नेपाली क्रिकेट टिमका उपकप्तान एवं ओपनर ज्ञानेन्द्र मल्लले कम बलमा अर्धसतक बनाएर नयाँ कीर्तिमान बनाएका हुन् । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध २० बलमा अर्धशतक पूरा गर्दै ज्ञानेन्द्रले नेपालबाट टि–२० मा सर्बाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि नेपालमा यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो । उनले गत साता मलेसियासँगको दोस्रो खेलमा २५ बलमा अर्धशतक पूरा गरेका थिए । मल्लले आज मलेसियासँगको छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पूरा गरे । उनले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले ।

मल्लको टि–२० मा यो पहिलो अर्धशतक हो । नेपालबाट टि–२० क्रिकेटमा अर्धशतक बनाउने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् । आजको महत्वपूर्ण खेलमा नेपाल ७ विकेटले विजयी भएको छ ।

सम्बन्धित खवर

Back to top button