गृहमन्त्रीले निर्मला ह त्या प्रकरण दाेहाेरिरहने घटना हाे भनेपछि विश्वप्रकाश यसरी गर्जिए


काठमाडौं : गृहमन्त्री राम बहादुर थापा बादलले कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको ह त्या प्रकरण कुनै नौलो विषय नभएको बताएपछि प्रमुख प्रतिपक्ष दलका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन् ।
मंगलबार गृहमन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निर्मला प्रकरणलाई राजनीतिकरण गरिएको आरोप लगाउदै यस्ता घटना भोलिपनि दोहोरिन सक्नेतर्फ संकेत गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका हुन ।



कांग्रेसका युवा नेता एवं प्रवक्ता शर्मा, नेपाल सरकारको गृहमन्त्री जस्तो पदमा बसेर गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्राेशित बनेका छन् । उनी गृहमन्त्री जस्ताे सम्मानीय व्यक्तिले निर्मला पन्त ह त्या प्रकरणका घटना ‘विगतमा पनि भए,भोलिपनि हुन्छन्’ भन्नु नेपाली जनतालाई सनसनी मच्याउने खालकाे धारणा व्यक्त गरेकाे भन्दै आक्राेशित बनेका हुन् ।
यसै प्रसंङ्गमा नेता शर्माले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् -निर्मला प्रकरणको एकबर्ष साउन १० गते पुग्नै लाग्दा सरकारसँग देश गम्भीर जवाफको अपेक्षा गर्छ । तर गृहमन्त्री जी भन्नुहुन्छ,यस्तो विगतमा पनि भयो,भोलिपनि हुन्छ ! सम्माननीय प्रधानमन्त्रीज्यु, यो गैह्र जिम्मेवार जवाफ एक मन्त्रीको मात्रै कि सरकारको पनि धारणा यहि हो ?