काठमाडाैं : नेपाली क्षेत्र कलाकारमा पछिल्लो समयकी चर्चित गायिका ज्योति मगर र गायक रुद्रसेन विश्वकर्मा स्वर रहेको मैथिली गीतको म्युजिक भिडियो बजारमा आएको छ । ‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापाको बेजोड अभिनय रहेको छ ।
प्रदीपकुमार रसाइलीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दीपक गिरी खिचेका हुन् । उनी युवाहरू माझ लाेकप्रिय कलाकार त हुन नै त्यत्तिकै विवादस्पद पनि छन् ।
हेर्नुस् भिडियो