‘पक्ष विपक्ष नभनी राहत तथा उद्धारमा जुट्नुपर्छ, विपद् निम्त्याउने हामी आफै हाैं’


-महेन्द्र चापागाइँ
काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले बाढी पहिरो प्राकृतिक बिपत्ती भएपनि यसको मूल कारक भनेको हामि आफै भएको बताएका छन्।



प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै नेता कँडेलले यो बाढी पहिरो हाम्रै कारणले निम्तिएको समस्या भएको बताएका हुन्। ‘बाढी पहिरोले धेरै नोक्सान पुर्याउनुमा झन्डै ६० प्रतिशत हामि जिम्बेवार छौ’, ‘उनले भने, जसरी हामी अहिले प्रकृतिको बिनाश गरिरहेका छौ त्यसैको प्रतिफल अहिले हामी भोगी रहेका छौ।’
उनले खोला नाला हरुको बहाब परिबर्तन गरेर विभिन्न संरचना बनाइनु बाढी, पहिरो, डुबानका प्रमुख कारक भएको बताएका छन्। नेता कँडेलले यस्ता खोला मिचेर घर संरचना बनाउनेमा भू-माफिया मात्र नभएर स्वयम सरकार पनि यसमा सहभागी भएको बताए।
खोलाहरुको बहाब नै परिबर्तन हुने गरि बनाइने संरचना हरुलाई आबश्यक कानुन बनाई नियन्त्रण गरी खोलामा हुने उत्खननलाई पनि रोक्नु पर्ने उनले सुझाब दिएका छन्।
बाढी, पहिरो र डुबान बाट भएको क्षतिमा राहत तथा उद्धारमा पक्ष बिपक्ष नभनी साझा रुपमा राष्ट्रिय मुद्दाको रुपमा हेरेर यसको निधान कसरी गर्न सकिन्छ भनेर खोज्नु पर्ने बताएका छन्।