यात्रा गर्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे मौसम

काठमाडौं, ९ साउन : हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ तर अबको २४ घन्टामा मनसुनको न्यून चापिय रेखा अझ दक्षिण तिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको देखिन्छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको छ ।

श्रावण ९ गते (बिहीबार) दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको मध्य र पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।

सम्बन्धित खवर

Back to top button