आयाे यस्ताे गीतः जसले विदेशीएका युवाहरूलाई धरधरी रूवायाे- भिडियाे

काठमाडाैं : अभ्यास डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली सर्जक बिजय चन्द’दर्पण’को मर्मस्पर्शी लोकदोहोरी गीत ‘सुतली’बजारमा आएपछि एकाएक विदेशीएका युवाहरूकाे मनलाई छाेएकाे छ।

गीतमा बहुचर्चित गायिका बिष्णु माझी र राजेश खड्का’सानु’को सुमधुर आवाज रहेको भएर पनि हाेला याे गीतले विदेशीएका धेरै युवाकाे मन छाेएकाे छ । गीतमा लय राजेश खड्का सानुकै रहेको छ।

बिजय चन्द ‘दर्पण’को शब्दमा आएको उक्त गीतलाई बसन्त थापाको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ। चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको भिडियोको छायांकन भने सुरेश श्रेष्ठ र महेश महराको रहेको छ।

अमर शाक्यको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ। भिडियोमा चर्चित मोडल सगुन साही र बाबु कृष्ण परियार अभिनय गरेका छन् । जसले गर्दा गीत उत्कृष्ट बन्न पुगेकाेक छ ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button