satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भर्खरै विविए सकाएकी रन्जता, छाेटाे समयमै यसरी बनिन् लखपति

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,135
भर्खरै विविए सकाएकी रन्जता, छाेटाे समयमै यसरी बनिन् लखपति

चितवन : मान्छेकाे भाग्य उसले गर्ने कर्ममा निर्भर रहन्छ । कसैले पनि सुतिसुति आफ्नाे लक्षय भेटाउन सक्दैन । सफलता हात पर्नुकाे पछाडि उसले गर्ने कर्म नै प्रमुख हुन्छ । जसलाई संघर्षकाे रूपमा लिने गरिन्छ । प्रयास गर्दै जाँदा एकदिन अवश्य सफल भइन्छ । यस्तै प्रयास गर्दै जाँदा भर्खरै विविए सकाएकी रञ्जता पनि छाेटाे समयमै लखपति बनेकी छिन् ।

तारन्तार फोनको घन्टी कसैलाई चिकेन रोल त कसैलाई झोल ममदेखि परौठा र अनेक परिकारको अर्डर टिप्न व्यस्त छन् २३ वर्षीय रन्जता शर्मा । सामान्य ड्रेसअपमा सजिएकी उनी हरबखत रेष्टुरेन्टको काममा व्यस्त रहन्छिन् । उनको अनुहारमा रहरलाग्दो आत्मविश्वास झल्किएको देखिन्छ ।

पर्वत दुर्लुङ स्थायी घर भएकी रन्जताले भर्खरै बीबीए सकाएर आफ्नै लगानीमा सप्तगण्डकी चोकदेखि २०० मिटर भित्र बेलना रेष्टुरेन्ट खोलेकी छन् । झन्डै १० देखि ११ लाखको एक्लो लगानीमा रेष्टुरेन्ट खोलेको उनी बताउँछिन् । त्यसो त उनका उमेरका साथीहरु विदेश गइरहँदा उनी भने सगौरव भन्छिन्, ‘नेपालमा पनि अवसर धैरै छ । आफूले अध्ययन गरिसकेपछि केही न केही आइडिया सबैसँग हुन्छ तर त्यसलाई कसरी समात्ने र प्रयोग गर्ने भन्ने जान्नुपर्छ ।’ उनी अझै थप्छिन् ‘आफूले आँटेको काममा सफल भइन्छ भन्ने पनि छैन, एक दुई चोटी फेल भइएला तर प्रयास गर्न छाड्नुहुदैन र आफू पनि यहि मान्याताले अघि बढ्छु’ उनले मुस्कुराउँदै भनिन् ।

बीबीए पढेर बैँक मै अथवा कन्सलटेन्सी तिर मात्रै लाग्नुपर्छ भन्ने उनलाई लाग्दैन । त्यसो त उनी भन्छिन् ‘मैले होटल चलाए भन्दैमा पकाउने मात्रै जान्नुपर्छ भन्ने होइन व्यवस्थापन (म्यानेजमेन्ट ) महत्वपूर्ण पाटो रहेको छ ।’ होटल चलाइरहँदा आफ्नो व्यावसायलाई कसरी बढाउने कहाँ कसरी व्यावस्थापन गर्न सकिन्छ त्यो महत्वपूर्ण रहेको उनी सुझाउँछिन् ।

होटल क्षेत्रमा पनि प्रतिस्पर्धा बढिरहँदा आफूले अध्ययन गरेर मात्र यस क्षेत्रमा लागेको उनी भन्छिन् ।काठमाडाैं गएर झन्डै एक हप्ता अध्ययन गरेर ग्राहकलाई नयाँ-नयाँ स्वादका आइटम (परिकार ) पस्किरहेको उनी बताउँछिन् । उनको रेष्टुरेन्टमा सामान्य होटलमा भन्दा फरक स्वादका परिकारमा ममका विभिन्न आइटम झोल मम, एभरेष्ट मम, भेज ममदेखि चिकेन रोल, क्याथे रोल, लाफिङ, दरबारे लस्सी तथा पानी पुरी पनि नयाँ स्वादमा पाइन्छ ।

गैँडाकोटदेखि भरतपुर नारायणगढ बजार क्षेत्र तथा सकेसम्म भरतपुरका हरेक क्षेत्रमा खानेकुरा निःशुल्क डेलिभेरी गरिने गरेको उनले बताइन् । उनी आफू मात्रै होइन होटलमा थप सात जना कर्मचारी रहेको र कोही कुकिङ कोही डेलिभरीको काममा खटिने गरेका छन् । रेष्टुरेन्ट सञ्चालन गरेको भर्खरै तीन महिना मात्र भए पनि ग्राहकको भीडभाड र डेलिभरीको लागि भने धेरै नै फोन आउने गरेको देखिन्छ । उसो त मार्केटिङ पनि उत्तिकै आवस्यक रहेको उनले बताउँछिन ।

उनले विज्ञापन र जनसम्पर्कको लागि ब्रुसर बाड्न बजारमा कर्मचारी नै खटाएकी छन् । एसोएअस बालग्राममा १० कक्षासम्म, आरोमा उच्च माविमा १२ सम्म र बोस्टन इन्टरनेशनल कलेजबाट बीबीए उत्तीर्ण गरेकी उनी आफूलाई आफ्नो गुरुहरुको उचित शिक्षा र उत्प्रेरणाले यस क्षेत्रमा लाग्न सहज भएको बताउँछिन् । बैँकमा लाग्दा राम्रो हुन्छ भनेर सुरुसुरुमा परिवारले बताए पनि अहिले परिवार साथिभाइको प्रतिक्रियाबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

दैनिक २० देखि २५ हजार र मासिक ७ लाखसम्म आम्दानी रहेको र आगामी दिनमा व्यावसाय विस्तारको बारेमा सोचिरहेको उनले जानकारी दिइन् । खर्च कटाएर उनले मासिक तीन लाख रुपैयाँ बचाउँछिन् । उनको यो कदम सम्पूर्ण युवा जो विदेशको मोह र सरकारी जागिरको जोहोमा लागेकाहरुको लागि उदाहरणीय छ ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार
अपराध

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

by सत्कार पोष्ट
0

जाजरकोट २० असार: जिल्लाको पश्चिम भागमा अवस्थित छ शिवालय गाउँपालिका । यस गाउँपालिका धरातल हिसाबले हेर्दा सानो अनि चिटिक्क परेको...

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.