प्रहरीले खाेजिरहेका बेला शिल्पा पाेख्रेल भोजपुरी फिल्ममा व्यस्त
काठमाडौं, ९ साउन : बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएकाे र उनीहरु छिट्टै पक्राउ पर्ने बताए।
यसरी प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्। केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन्, थाहा छैन। उनलाई टेलिफोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेकाे छैन् ।
शिल्पा र छविराज वीच आएकाे दरार अदालत सम्म पुगेर सम्बन्ध विच्छेदकाे कुरा उठिरहेका बेला ४ दिनअघि छविकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएपछि छविराज ओझा र शिल्पा सम्पर्क विहिन भएका हुन् । उता शिल्पा पाेख्रेल भने सुटिङमै रहेकाे अनुमान गरिएकाे छ ।
आलाेचकहरू भन्छन् – ‘शिल्पाले सम्पतिमा समेत दाबी गर्ने देखिएपछि जेठी श्रीमति हेमा जंगिएकाे हुनसक्ने अनुमान गरिएकाे छ । किनभने विहे लगत्तै छवि-शिल्पाले अन्तरवार्ता दिएरै विहे गरिसकेका कुरा मिडियामा सार्वजनिक गरिसकेका थिए । त्यतिबेला याे कुरा गर्नुपर्ने हाेइन ?’
छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् । तर, हद म्यादकाे कुरा भने उठ्न सक्ने देखिन्छ ।