वेलायतका प्रधानमन्त्री भनेर अरूलाई नै बधाई दिएपछि प्रधानमन्त्रीकाे विल्ला

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरुलाई नै बधाई दिएपछि सामाजिक सञ्जालमा हासोका पात्र बनेका छन् ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनभन्दै अरु कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर प्रधानमन्त्री ओलीले बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुनस् ट्वीट गरिएको छ। ट्वीटमा गल्ती भएको पत्तो पाएको करीब १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट गरिएको पाइएको छ ।

प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटरबाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । तर उक्त ह्यान्डल बेलायती प्रधानमन्त्री बेरिसको नभइ अरुकै भएको थाहा भएपछि त्यसलाई डिलिड गरिएको हो । प्रधानमन्त्रीको सचिवायले यति सानो कुरामा पनि ख्याल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button