भारतले दशगजा मिचेर राख्याे प्रहरीचाैकी, स्थानीय आ क्राेशित
बुटवल : भारतले दशगजा मिचेर प्रहरी चाैकी राखेपछि स्थानीय बासिन्दा आ क्राेशित बनेका छन् । दुई देशबीचको सन्धी सम्झौता विपरीत दशगजा क्षेत्र मिचेर भारतीय पक्षले रुपन्देहीको बेलहिया क्षेत्रमा प्रहरी चाैकी राखेपछि स्थानीय बासिन्दा आ क्राेशित बनेका हुन्छ । नेपाल र भारतको सीमा क्षेत्रको दशगजा मिचेर भारतीय पक्षले प्रहरी चौकी निर्माण गरेको हो ।
दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । सीमा स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ । हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालयहरु भत्काउने सन्दर्भमा यो तथ्य भेटिएको हो ।
दशगजा क्षेत्र मिचेर भारतले प्रहरी चौकी निर्माण गरेको पाइएपछि जमिनको स्वामित्वसम्बन्धी विवाद उत्पन्न भएको छ । यस विषयमा भैरहवावासीले सो क्षेत्रका प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी गराएपछि सांसद भुसालले बिहीबार नै दशगजा क्षेत्रको अवलोकन गरेका छन् ।
दशगजा मिचिएको थाहा भएपछि स्थानीयको सक्रियतामा सांसद भुसालकै उपस्थितिमा नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिका रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।
‘दशगजाको सीमा मिचिनु सामान्य विषय होइन, यो ग म्भीर हो’ सांसद भुसालले भने, ‘यो समस्यालाई स्थानीय प्रशासनले आफ्नो तहबाट भारतीय पक्षसँग कुरा गरेर सुल्झाउन प्रयास गर्नुपर्छ, यसबारेमा मैले संघीय संसदमा कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउँछु ।’
सीमा मिचिने कुरा कति क्षेत्रफलको जमिन मिचियो भन्ने विषय हुन नसक्ने र यो कुरा दुई देशबीचको समानता र मुलुकको सार्वभौमिकतासंग जोडिएको विषय भएकाले समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा सांसद भुसालले जोड दिएका छन् । नेपालको सीमा मिचिएकोमा आ क्रोशित स्थानीय बासिन्दालाई सांसद भुसालले नेपालका पक्षमा निर्णय हुने विश्वास दिलाउंदै संयमता अपनाउन आग्रह गरेका थिए ।
दुई देशबीचको सीमा विवाद संघीय सरकारको अधिकार क्षेत्रभित्र रहेकाले जिल्ला तहबाट भन्दा पनि संघीय सरकारको तहबाटै समाधान गरिनुपर्ने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । याे सामग्री अनलाइनखबरले तयार पारेकाे हाे ।