अस्पतालमा सु त्केरीकाे ज्यान गएपछि तनाव उत्पन्न


पोखरा : पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सु त्केरीको मृ त्यु भएपछि तनावग्रस्तबनेको छ। चिकित्सको लापरवाहीले सु त्केरीको मृ त्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्र दर्शन गरेका छन्।
दोषीलाई कारवाहीको माग राख्दै आक्रो शित भएका आफन्त र प्रहरीबीच झ डप हुँदा ८ जना घाइते भएका छन्। झ डपमा मृ तकका आफन्त ३ जना र प्रहरीतर्फ ५ जना गरी ८ जना घाइते भएको प्रहरीले जनाएको छ।



दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै मृ तकका आफन्त आक्रोशित भएका हुन्। उपचारमा लापारवाहीले सु त्केरीको मृ त्यु भएको भन्दै दोषीलाई कारवाहीको माग राख्दै मृतकका आफन्तले अस्पताल परिसरमै नाराबाजी गरे।
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी ३३ वर्षीय निशाकुमारी थापालाई बेथाले च्यापेपछि बिहीबार बिहान ८ बजेतिर अस्पताल ल्याइएको थियो। बिहीबार साँझ ७ बजेर ४५ मिनेट जाँदा उनले नरमल डेलीभरीबाट ४ केजीको छोरा जन्माएको अस्पतालले जनाएको छ। बच्चा जन्मिसकेपछि र क्तश्रावको समस्या आएको उनका भाइ बसन्त थापा मगरले सुनाए।
र क्तश्राव नरोकिएपछि चिकित्सकले राति सवा १२ बजेतिर र क्तश्राव रोक्न पाठेघरको अप्रे सन गरेको मृ तकका आफन्त हरिबहादुर थापाले बताए। अप्रे सनका क्रममा ४ पोका र गत उपलब्ध गराएको मृ तकका भाइ बसन्त थापाले सुनाए। सवा २ बजे अप्रे सन सकिएको र बि रामीको अवस्था क्रिटिकल रहेको चिकित्सकले जानकारी दिएको पनि उनले बताए। तर, शुक्रबार बिहान ५ बजेतिर सु त्केरीको मृ त्यु भएको चिकित्सकले नै खबर गरे।
अस्पताल प्रशासनले नरमल डेलिभरी भएपनि बिरामीको समयमै उपचार सुरु गरेको जनाएको छ। उपचारमा कुनै कमी नभएको अस्पताल प्रशासनको दावी छ। अन्नपूर्ण दैनिकबाट ।