satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पक्राउ परेका दीपक राईकाे जिम्मेवारी हतियार संकलन र एकीकृत गर्ने

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
573
पक्राउ परेका दीपक राईकाे जिम्मेवारी हतियार संकलन र एकीकृत गर्ने

विराटनगर : मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ ।

केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रहरीको विशेष टोलीले बिहीबार बिहान पक्राउ गरेको थियो ।

सरकारले ‘विप्लव’ लाई प्रतिबन्ध लगाएपछि उनी आफ्नो घरमा भने बस्दैनथिए । उनी ‘विप्लव’ का मेची–कोसी ब्यूरो सदस्य एवं धनकुटा–मोरङ सेक्रेटरी पनि हुन् । उनलाई पदीय सहित हतियार संकलन गरेर एकीकृत गर्ने विशेष जिम्मेवारी दिएर परिचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘पक्राउ परेका राईले पूर्वका तराईका जिल्लाबाट भेला पारेर उच्च पहाडी क्षेत्रतर्फ हतियार पठाउने काम गरिरहेको खुलेको छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘निक्कै अघिदेखि नै उनी यो भूमिकामा रहेको पाइयो ।’

खासगरी माओवादीले द्धन्द्धकालमा प्रयोग गरेको तर सेना समायोजनाका बेला सरकारलाई नबुझाएको र लुकाएर राखेको अत्याधुनिकसहित हतियार संकलन गरेर एकै ठाउँमा भेला पार्ने काम राईको नेतृत्वमा परिचालित ‘विप्लव’का नेता कार्यकर्ताले गर्ने गरेको सुरक्षा निकायको दाबी छ ।

त्यतिबेला क्यान्टोनमेन्टमा राखिएका हतियार समेत हराएका थिए । त्यही हतियार अहिले सरकार विरोधी गतिविधि गरिरहेको ‘विप्लव’ नेकपाले प्रयोग गर्ने गरेको सुरक्षा निकायको निस्कर्ष छ ।

सरकार विरोधी गतिविधिमा प्रयोग गर्नकै लागि ‘विप्लव’ समूहलेहतियार संकलनको विशेष जिम्मेवारी दिएर नेता, कार्यकर्ता परिचालन गर्ने गरेको सुरक्षा स्रोतले जनायो । जसका लागि उच्च पहाडी क्षेत्रमा ‘विप्लव’ समूहले अहिले हतियारसहितका विभिन्न तालिम र प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गरिरहेको सुचना सुरक्षा निकायलाई छ ।

एक सुरक्षा अधिकारीका अनुसार भोजपुरमा प्रहरी र ‘विप्लव’ समुहका एक जनाको ज्यान नै जाने गरी भएको घटना तथा कार्यकर्ता हतियारसहितपक्राउ परेका कतिपय घटनाले पनि ‘विप्लव’ का नेता कार्यकर्ता हतियारसहित हुने गरेको पुष्टि भने भइसकेको छ ।

केराबारीबाट पक्राउ परेका राईलाई यसअघि नै मोटरसाइकलमा अत्याधुनिकहतियार लिएर मोरङको केराबारी गाउँपालिकातिर जाँदै गरेको अवस्थामा प्रहरीले पाँच महिनाअघि पनि फेला पारेको थियो ।

प्रहरीले पक्राउ गर्ने तयारी गर्दै गर्दा उनी मोटरसाइकल चालक आफ्नै संगठनका कोसी ब्यूरो सदस्य देवकुमार लिम्बू, अत्याधुनिकहतियार र मे ५ प ७५ नम्बरको मोटरसाइकल छाडेर २०७५ फागुन १५ गते धरान उपमहानगरपालिका–६ पानवारीबाट फरार बनेका थिए । शंकालागेपछि सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान राजकुमार गौतमले सिट्ठी फुक्दै राई सवार मोटरसाइकलको पिछा गरेका थिए ।

गौतमले अर्का प्रहरी जवान सोनाम लामा र स्थानीय बासिन्दाको सहयोगमा मोटरसाइकल चालक लिम्बूलाई चाहिँ त्यतिबेला पक्राउ गरेका थिए । काठको बाकसभित्र हालेर हतियार लैजाँदै गरेको अवस्थामा प्रहरी जवान गौतमले सिट्ठीका भरमा हतियारसहित लिम्बूलाई पक्राउ गरे पनि हतियारबोकेर मोटरसाइकलको पछाडि बसेका राई भने फरार बनेका थिए ।

त्यतिबेला नेपाली सेनाले द्धन्द्धकालमा अमेरिकाबाट खरिद गरेर ल्याएको र नेपालमा सेनाले मात्रै प्रयोग गर्ने अत्याधुनिकहतियार एलएमजी एक थान र एम १६ एकथान बरामदभएको थियो ।

त्यतिबेला फरार भएका राई लगभग पाँच महिनापछि पक्राउ परे । प्रहरीको अनुसन्धानले दुबैहतियार द्धन्द्धकालमा माओवादीले नेपाली सेनाबाट लुटेको निस्कर्ष निकालेको छ । राई र लिम्बू दुवै जनालाई ‘विप्लव’ समुहले हतियार संकलन गरेर भेला पार्ने जिम्मेवारी दिएको र हतियारसंकलन गरेर गन्तव्यतर्फ जाने क्रममा त्यतिबेला फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ‘विप्लव’ समुहका नेता राईलाई ठूलै जिम्मेवारी दिएर परिचालन गरिएको खुलेको बताए । लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गरेर अनुसन्धान थालिएपछि धेरै कुरा खुल्दै गएको जनाए । एसपी अधिकारीले बमविष्फोट, चन्दाआतंक, हतियारओसारपसार तथा संकलन लगायतका धेरै घटनामा राईको संलग्नता रहेको बताए । मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा ‘विप्लव’ समूहले गराएका विभिन्न घटनामा राईको संलग्नता रहेको खुलेको उनको भनाइ छ ।

राईलाई थप अनुसन्धानका लागि धरान प्रहरीको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले यस अघि नै दर्ता भएको संगठित अपराध एवं हातहतियारखरखजना मुद्दामाम्याद थप गरेर राईमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

‘विप्लव’ नेकपाका एक नेताले राईलाई हतियारसंकलनको मुख्य जिम्मेवारी पार्टीले दिएको बताए । ‘पार्टीले उहाँलाई धेरै जिम्मेवारी दिएकोमध्ये मुख्य चाहिँहतियार व्यवस्थापन नै हो,’ उनले भने, ‘त्यही कामको सिलसिलामा रहेका बेला प्रहरीले पक्राउ ग¥यो ।’

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले पूर्वी पहाडी क्षेत्रमा प्रतिबन्धित ‘विप्लव’ समूहको गतिविधि बढेको सूचनाका आधारमा सुरक्षा सक्रियता बढाइएको जानकारी दिए ।

‘विप्लव’ को विरोध
‘विप्लव’ नेतृत्वको नेकपाले दीपक राईलाई पक्राउ गरिएको घटनाको विरोध जनाएको छ । उनी सांगठनिक कामको शिलशिलामा रहेका बेला पक्राउ परेको नेकपाको मेची–कोसी ब्यूरो इन्चार्ज अनुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न तथा जनतालाई तर्साउन आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाबाट विचलितभन्दा पनि थप स्पातिलो बनेर निस्कने नेकपाको दाबी छ ।

विज्ञप्तिमार्फत पक्राउ परेका सबै नेता कार्यकर्ताको यथाशिघ्र रिहाइको माग पनि गरिएको छ । अन्यथा योजनावद्ध प्रतिरोध गरिने र यसले निम्त्याउने समस्या र परिणामप्रति सरकार नै जिम्मेवार हुनु पर्ने विज्ञप्तिमा भनिएको छ । अन्नपूर्बाट ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.