कुवेत विरूद्धकाे खेलमा नेपालकाे सानदार जीत
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो कुवेतविरुद्ध खेलमा नेपालले सानदार जीत निकालेकाे छ । कुवेतले दिएकाे १४१ रनकाे लक्ष्य विकेट क्षतिमै पूरा गरि सानदार जीत निकालेकाे हाे ।
कुवेत विरूद्धकाे बलिङमा बसन्त रेग्मी र सन्दीप लामीछानेले समान तीन-तीन विकेट लिएका थिए । करण केसीले २ विकेट लिए भने अविनास वाेहराले एक विकेट दिलाए ।
आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् ।
नेपालको प्लेइङ ११ मा १.पारस खड्का (कप्तान), २. ज्ञानेन्द्र मल्ल, ३. शरद भेषावकर, ४. वसन्त रेग्मी, ५. सोमपाल कामी, ६. अभिनास बोहोरा, ७. सन्दीप लामिछाने, ८. दीपेन्द्रसिंह ऐरी, ९. विनोद भण्डारी, १०. करण केसी, ११. रोहितकुमार पौडेल रहेका थिए ।