संकटमा हेटौंटा (शक्ति) सिमेन्ट

काठमाडौं : सरकारकाे स्वामित्वमा सञ्चालन गरिएका धेरै उद्याेगहरू यतिबेला बन्द भएकाे देख्न सक्छाैं । सरकारी काम भनेपछि लापरवाही चलनले गर्दा नै यसाे भएकाे हुनसक्छ । सरकारी काम, कहिलेजाला घाम भन्ने उखान त्यसै बनेकाे हाेइन । निजी क्षेत्रबाट सञ्चालन गरिएका उस्तै प्रकृतिका उद्याेगहरू राम्रै मुनाका साथ सञ्चालन भैरहेका हुन्छन् तर सरकारकाे स्वामित्वमा रहेका धेरै कम्पनीहरू बन्द हुने अवस्थामा पुग्छन् । यसले गर्दा स्वयम त्यही उद्याेगमा काम गर्ने मजदुरलाई पनि बेराेजगार बनाएके छ भने स्वयम सरकारलाई पनि घाटा पुर्याएकाे पाइनछ ।

यस्तै भएकाे छ हेटाैंडा सिमेन्ट अर्थान शक्ती सिमेन्टकाे अवस्था पनि । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् ।

पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक वर्ष नयाँ लक्ष्यका साथ अगाडि बढ्छ । तर, वर्ष अन्त्य हुँदा अनेकौं कारणले जेलिएर नतिजा पुनः निराश निस्कन्छ । नेपालका सबैखाले निर्माण क्षेत्रमा एकछत्र राज गर्ने भारतीय सिमेन्ट विस्थापित गर्न राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा खोलेका यो उद्योग अहिले सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ ।

सम्बन्धित खवर

Back to top button