जब फ्यान फ्लाेरले धाेनीलाई सैन्य पाेषाकमा देखे…

काठमाडाैं : जब फ्यान फ्लाेरहरूले क्रिकेटका हस्ति महेन्द्र सिंह धानीलाई सैन्य पाेषकमा देखे तब अचम्ममा परे । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमाका सैनिककाे रुपमा काम गर्ने भएका छन्।
यसरी खेल जीवन बाहेककाे पाटाे थाहा पाएपछि उनकाे फ्यानफ्लाेर चकित भएकाे हुन् ।

सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन्।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय स्थल सेना प्रमुख बिपिन रावतले अनुमति दिएका थिए।

सम्बन्धित खवर

Back to top button