‘अब, लाेकसेवा आयाेगमा समेत भनसुन चल्न थाल्याे’

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले लोकसेवा आयोगमा समेत भनसुन चल्न थालेको दाबी गरेका छन्। काँग्रेस नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा सभापति देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरे।

देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग भएको भन्दै जसको भनसुन हुन्छ, उसको चल्ने गरेको बताए। लोकसेवा अयोगको लिखित परीक्षा पास भएर मात्रै नहुने भन्दै देउवाले भनसुन गर्ने मान्छे नभए मौखिकमा फेल गरिदिने परिपाटी बसेको दाबी गरे।

देशमा दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको र सुशासन कायम हुन नसकेको भन्दै उनले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

सम्बन्धित खवर

Back to top button