काठमाडौं : आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्धकाे आफ्नो अन्तिम खेलमा नेपाललाई अर्काे सलता हात परेकाे । अविनास वाेहराले एक विकेट लिएसँगै अर्काे सफलता मिलेकाे हाे । यसअघि करण केसीले एक विकेट लिएका छन् । यद्यपी सिंगापुरले २ वकेट गुमाउँदै धेरै राम्राे रन बनाइरहेकाे छ । उसले १२ ओभरमा १०९ रन बनाइसकेकाे छ ।
नेपालले टस हारेर बलिङको मौका पाएको छ । यी दुई टिमबीचको खेल नेपालीसमयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।
नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।
आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।
(लाइभ)