पूर्वकप्तान श्रेष्ठको नि धन, राष्ट्रिय क्रिकेट खेलमा अपुरणीय क्षति


काठमाडाैं : आठ महीनादेखि र क्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको नि*धन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज नि धन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए ।
३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुर्याएका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्य मार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहनुभएका श्रेष्ठको निध नले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।



खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको नि धन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । मृ तक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् ।