satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

विचल्लीमा पहिराे पीडितः सु त्केरी र ग र्भवतीकाे अवस्था एकदम नाजुक

satkarpost satkarpost
मा प्रकाशित
502
विचल्लीमा पहिराे पीडितः सु त्केरी र ग र्भवतीकाे अवस्था एकदम नाजुक

गुल्मी : सत्यावती गाउँपालिका-३ सिङदीकी २७ वर्षीया यममाया विश्वकर्माको काखमा ७ महिनाको बच्चा छ। उनको घर गत मंगलबार आएको पहिरोका कारण जोखिममा भएकाले स्थानीय धर्मपुर माध्यमिक विद्यालयमा बास छ। वर्षायामको समयमा पानी धेरै पर्ने गरेको र ७ महिनाको बच्चालाई स्याहार सुसार गर्नुपर्ने समयमा राम्रोसँग बस्ने र न्यानो खालको कपडा नभएको बताइन्।

विपतमा पनि राज्‍यले ख्याल गरेन
‘दिनानुदिन चिसो बढ्दै गएको छ, बच्चाले खोक्न पनि थालेको छ त्यसमाथि न्यानो खालको कपडा पनि छैन यस्तो विपत परेको छ राज्यले यस्तो समयमा पनि केही ख्याल गरेको छैन’ उनले दुखेसो पोखिन्। यति मात्रै होइन त्यस स्थानमा शौचालयको पनि उत्तिकै समस्या देखिएको छ। करिब १९८ जना प्रभावित रहेको स्थानमा एउटा मात्रै शौचालय छ, जहाँ पिउने पानीको समेत समस्या भएको छ। यस्तै, अर्की १८ वर्षीया सुष्मा सुनारको काखमा पनि ११ महिनाको बच्चा छ उनलाई पनि यस्तै समस्याले सताएको छ। ‘छोराले खोक्न थालेको छ चिसो सिमेन्टमा बस्नुपर्दछ त्यसमाथि समस्यै समस्या छन्’ उनले गुनासो गरिन्।

हुनुपर्ने जति उपस्थिति देखाएन राज्यले
घर पूरै जोखिममा छ विद्यालयमा आएर बस्नुपरेको छ। बच्चालाई समस्या आउने भयो र बिरामीपर्ने चिन्ताले उनलाई सताएको छ। यस समयमा राज्यको जति उपस्थिति हुनुपर्दथ्यो त्यो पाइएन भन्दै दुखेसो गरिन्।

ग र्भवती पीडामाथि पीडा
यता, स्थानीय २१ वर्षीया यमुना त्रामु ग र्भवती छिन् उनलाई यस समयमा पौष्टिक आहाराको आवश्यकता पर्दछ, पौष्टिक आहारा त परै जाओस् उनलाई झन् चिसो र स्वच्छ पिउने पानी नभएकाले सताएको छ। यस समयमा झोलिलो, माछा मासु र फलफूल प्रयाप्त मात्रामा लिनुपर्ने समस्यामा मेसमा पकाएको समान्य दाल भात पनि मुस्किलले मिलेको छ। गर्भवती महिलाका लागि न्यानो र पौष्टिक आहारा पाउनुपर्ने समयमा समस्यै समस्या थपिदिएको दु:ख सुनाइन्। उनीसँगै २६ वर्षकी तारा त्रामु पनि ग र्भवती छिन्। उनलाई यस्तै समस्या र चिसोले सताएको छ। घर पूरै जोखिममा रहेको समयमा सिमेन्टको चिसोमा बास बस्नुपर्ने भएको छ त्यसमाथि शौचालय र पिउने पानीको समस्या रहेको बताइन्। ‘आफूलाई त समस् परे पनि सहुँला पेटमा भएको बच्चालाई पनि झनै समस्या उत्पन्न हुने हो कि भन्ने पीरले भोक निद्रा नै हराइसकेको छ’ उनले भनिन्।

बादल मडारिनासाथ मन आत्तिन्छ
यस्तै ५० वर्षकी दिलमाया पुलामीले आकासमा कालो बादल देखेपछि मन भक्कानिन थाल्ने बताउँछिन्। घरगोठ पूरै जोखमिमा छ घाम लाग्ला जस्तो भयो भने बँचेका गाईभैँसीलाई घाँस दिन जाने गरेको राति धर्मपुर माध्यमिक विद्यालयमा बास बस्नका लागि आउन गरेको बताइन्। उनले भनिन्, ‘राति यसो सिमेन्टको चिसोमा निदाइहालियो भने पनि सपनीमा पहिरो नै आइरहेको देखेर मनै झस्किने गरेको छ।’

ग र्भवती र बच्चाकाे विजाेग, राज्‍यले ध्यान दिएन
यता, सोही स्थानकी टोल सुधार समितिकी संयोजक ३१ वर्षीया दानमाया थापाले ग र्भवती महिलाहरू र ससना बालबच्चाका लागि ठूलो समस्या भएको बताइन्। ग र्भवती महिलाहरूका लागि पौष्टिक आहारा र बच्चाहरूका लागि चिसोको समस्या समाधानका लागि राज्यको ध्यान नगएको उनले बताइन्।

स्यानेटरी प्याड अभाव
१५/१६ वर्षका किशोरीहरूदेखि ७३ वर्षका वृद्धावृद्धा समस्यामा छन्। किशोरीहरूका लागि महिनावारी भएको समयमा आवश्यक पर्ने स्यानेटेरी प्याडको पनि अभाव भएको उनको भनाइ छ। वृद्धवृद्धाहरूलाई अकस्मात कुनै बिरामी परेमा औषधि र स्वास्थ्यकर्मी पनि नभएमा उनको आक्रोश छ।

खानेपानी छैन ४०० घरलाई 
सत्यावती गाउँपालिकाको ठूलोलुम्पेमा गएको पहिरोका कारण समस्यामाथि समस्या थपिएको स्थानीय प्रगति रानाले बताए। उनले ठूलोलुम्पेकका ४०० घर परिवारले पिउने मराङदी मूल पहिरोले लगिदिएका कारण पिउने पानीको समस्या भएको बताए। ‘कुरटोल, सिङदीटोल, लाचेघारडाँडाका स्थानीयवासीले पिउने पानीको मूल नै पहिरोले लगिदियो बीचबीचमा पाइप पनि छैन संकटमाथि संकट आइपरेको छ’ उनले दुखेसो सुनाए। पानी र शौचालयको चरम समस्या भएको वडा नं ३ का वडा सदस्य सरोज राना मगरले बताए। उनले समस्या समाधानका लागि डाटा संकलन गरेर स्थानीय सरकार लागिपरेको दाबी गरे।

प्रदेशबाट स्वास्थ्य टोली बोलाएका छौँ : प्रजिअ
यता, जिल्ला विपत व्‍यवस्थापन समिति गुल्मीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले स्वास्थ्यको समस्याको लागि प्रदेशबाट स्वास्थ्यको टोली आउने भएकाले त्यसलाई ठूलोलुम्पेकमा लैजाने र अस्थायी शौचालय निर्माण गर्ने तयारी भएको भन्दै पानीलाई शुद्धीकरण गरेर पिउने व्‍यवस्था मिलाउन लागेको जानकारी दिए। यस्तै, सत्यावती गाउँपालिकाका प्रमुख पारीश्वर ढकालले एकजना डाक्टरसहित ५ जनाको टोलीले सु त्केरी, ग र्भवती महिला र अशक्त सबै प्रभावितहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यक सबै व्‍यवस्था गर्ने बताए। थाहाखबरबाट ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by satkarpost
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by satkarpost
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.