बालुवाटार जग्गा प्रकरणमा मुछिएका नायबसुब्बाद्वारा आ त्महत्या

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आ त्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आ त्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृ त भेटिएको पुष्टि गरे ।

‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’, बोगटीले भने, ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।’

जग्गा प्रकरणमा नाम मुछिएपछि सहन नसकेर ज्यान फालेका हाेलान् या कसैले आफ्नाे नाम खुल्ने भएपछि ज्यान हालेका हुन् भन्ने कुरा भने अनुसन्धानकाे विषय बनेकाे छ । पर्वत जिल्ला घर भएका उनी पछिल्लाे समय नेपाली कांग्रेसकाे राजनीतिमा समेत चासाे दिने व्यक्ति हुन् ।

सम्बन्धित खवर

Back to top button