नेपालगंज : नेपालगन्जको पुष्पलाल चोकमा खटिएका ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छन् । बसका यात्रुकाे नगदचाेरी गर्ने हरिबहादुर कठायतलाई ट्राफिक प्रहरी हवल्दार राम बहादुर बिष्ट र जवान गेहेन्द्र केसीले नियन्त्रण लिएका हुन् ।
दिउँसो ४ बजेतिर नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१ हजार रुपैयाँ चोरी गरेको कठायतलाई ट्राफिक प्रहरीका हवल्दार बिष्ट र ट्राफिक प्रहरी जवान केसीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
नियन्त्रणमा लिइएको ब्यक्ती खजुरा गाउँपालिका ९ का वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका अनुसार कसेरा भारतबाट जाजरकोट घर जादै गर्दा निज पाकेटमार कठायतले पिछा गर्दै बसमा चढन लाग्दा आधुनिक सैलीमा पाकेटमार गरेका थिए ।
कसेराले पैसा लुटिएकाे थाहा पाउनासाथ ट्राफिक प्रहरीलाई जानकारी गरेका थिए । हवल्दार बिष्टले सं का गरिएका कठायतलाई नियन्त्रणमा लिइ जाँचबुझ गर्दा उनले नै नगद लुटेकाे पत्ता लागेकाे थियो।