विशालु च्याउले लियाे एकै घरका तीनजना ज्यान


रोल्पा : वि षालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृ त्यु भएको छ। लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृ त्यु भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।
गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्करको मृ त्य भएको हो। छिमेकी भिमसर पुनका अनुसार पुरमलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान नि धन भएको हो।



छोरी सुनिताको साउन १२ गते दिउँसो ४ बजे मेडिकल कलेजमै मृ त्यु भएको थियो। छोरा पुष्करको साउन ११ गते लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको हो।
आफन्त नने पुनका अनुसार साउन ८ गते बेलुका विषालु च्याउ खाएर उनीहरु बिरामी भएका थिए। गोठमा बस्दै आएका उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए। बिरामी भएको थाहा पाएर आफन्तले स्थानीय मेडिकलमा लगेका थिए।