प्रचण्डले हेग लगे म झन् हिरो भएर निस्कन्छु भनेपछि अन्तर्राष्ट्रिय मञ्चमा खैलाबैला

काठमाडौं : अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको बताएका छन्।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो हुने बताएका बेला एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी सरकार असफल भएको दाबी गरेका हुन्। यी संस्थाले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको जनाएका छन्।

सोमबार बिहान विप्लव समूह छाडेर नेकपा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले हेग लगे पनि आफूलाई केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए। ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’, प्रचण्डले भनेका थिए, ’हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु।’ पढ्नुस्ः हेग लगे म झन् हिरो भएर निस्कन्छु : प्रचण्ड

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाईले सरकार पीडितका मागमा गम्भीर नेखिएको ती संस्थाहरूको ठम्याई छ।

‘द्वन्द्वकालीन मानवअधिकार उल्लंघनको अनुसन्धान गर्ने दोषीलाई साधारण अदालतमा निष्पक्ष सुनुवाई मातहत न्यायसामू ल्याउने दायित्व पूरा गर्न नेपालका अधिकारीहरू गम्भीर रहेको कुनै प्रमाण हामीले देखेका छैनौं’, एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसिया अनुसन्धानकर्ता राजु चापागाईंले भने, ‘मानवअधिकारका दायित्वप्रतिको सरकारको प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तो दृढतापूर्ण थियो भने संक्रमणकालीन न्यायसम्बन्धी जिम्मेवारीलाई पूरा गर्ने दिशामा सरकारले तत्परतापूर्वक काम गरेको हुने थियो।’

पर्याप्त परामर्श बिना नै संक्रमणकालीन न्यायका संयन्त्रमा आयुक्तहरूको नियुक्ति प्रक्रियालाई अगाडि धकेलेको यी संस्थाको आरोप छ। ‘द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका पीडितहरूलाई सत्य, न्याय र परिपूरर्ण सुनिश्चत गर्ने प्रतिबद्धता पूरा गर्न नेपाल सरकारको बिफलताले मानवअधिकार संरक्षणका सवालमा देखिएको निराश लाग्दो बेवास्तालाई इंगित गर्दछ’, ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मीनाक्षी गांगुलीले भनिन्।

हेग लगे म झन् हिरो भएर निस्कन्छु

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए। दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही कमजोर नहुने उनले बताए। क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने र देशले दुख पाउने उनले दाबी गरे। प्रचण्डको सचिवालयका अनुसार विप्वलका ८ नेता, कार्यकताहरू नेकपामा प्रवेश गरेका हुन् । अन्नपूर्ण पाेष्टबाट ।

सम्बन्धित खवर

Back to top button