satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

एकाविहानै सेनाकाे विमान मानव वस्तीमा खस्दा १९ जनाकाे ज्यान गयाे

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण १४ मा प्रकाशित
679
एकाविहानै सेनाकाे विमान मानव वस्तीमा खस्दा १९ जनाकाे ज्यान गयाे

इस्लामाबाद : पाकिस्तानमा सेनाकाे एक विमान मानव बस्ती भएकाे क्षेत्रमा खस्दा १९ जनाकाे काे मृ त्यु भएकाे छ । रावलपिण्डिकाे मानव बस्ती भएकाे क्षेत्रमा खसेकाे विमान दुर्घटनामा ५ क्रु सदस्यसहित १९ जना नि धन भएका हुन ।

बस्ती माथि विमान ठाेक्किएका कारण अझै बढी जनधनकाे क्षति हुनसक्ने अधिकारिहरुले बताएका छन् । सेनाका अनुसार, दुईजना विमानचालककाे मृ त्यु भएकाे छ । मंगलबार बिहानै दुर्घटना भएकाे हाे ।

याे पनि
वर्ष दिनमै १६७ विदेश पुगे कर्मचारी, चीनमा मात्र १०४

काठमाडौ : कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे।

तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन। मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कार्मचारी चीन पुगेको बताएको छ।

विश्वका विभिन्न राष्ट्रहरू धमाधम खुला र प्रतिस्पर्धात्मक राजनीतिमा होमिँदै गर्दा चीन भने सन् १९४९ मा एकदलीय शासन प्रणालीमा प्रवेश गरेको थियो। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको शासनसत्ता हातमा लिएको थियो। पश्चिमा मुलुकहरूलाई केही समय प्रवेशमा रोक लगाएको उसले आर्थिक विकास र समृद्धिमा आफूलाई अब्बल साबित गरिसकेको छ। शक्ति राष्ट्रहरूलाई चुनौती दिँदै चीन आफूलाई सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा आफूलाई प्रस्तुत गर्ने क्रममा छ।

उसले गरेको अद्भूत विकासले विश्वलाई लोभ्याएको छ। चीन आफूले गरेको प्रगति विश्वलाई देखाउन जसरी आतुर छ, त्यसरी नै अन्य मुलुकका नागरिकहरू पनि चीन पुग्न लालायित छन्। त्यसकारण नेपालबाट पनि धेरै कर्मचारी विभिन्न अवसर पारेर चीनको भ्रमणमा निस्कने गर्छन्। चीनप्रतिको आकर्षण संघीय मामिला मन्त्रालयमा मात्र सीमित छैन, अन्य मन्त्रालयका कर्मचारी, राजनीति दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी, समाजसेवी र पत्रकारको संख्या पनि उस्तै छ।

संघीय मन्त्रालयकै विवरणअनुसार अर्को छिमेकी मुलुक भारतमा एक वर्षमा १९ कर्मचारीले मात्र भ्रमण गरेका छन्। चीनपछि सबैभन्दा धेरै ४१ जना कर्मचारी जापान पुगेका छन्। जापानको क्षेत्रीय विकास, ग्रामीण विकास, विपद् नियन्त्रण, समुदायमा आधारित विकासलगायत शीर्षकमा सामान्य प्रशासन तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारीले जापान भ्रमण गरेका हुन्। यो सूचीमा कोरिया तेस्रो स्थानमा छ। कोरिया भ्रमण गर्ने कर्मचारीको संख्या २६ छ। थाइल्यान्ड ११, जर्मन आठ, मलेसिया पाँच, फिलिपिन्स पाँच, इन्डोनेसिया तीन, नेदरल्यान्ड, फिलिपिन, भियतनाम दुई÷दुई जनाले भ्रमण गरेको देखिन्छ। त्यस्तै दक्षिण कोरिया, स्विट्जरल्यान्ड, अमेरिका, न्युजिल्यान्ड, भुटान र अस्ट्रेलिया एक÷एकजना विदेश भ्रमणमा गएका छन्।

विदेश जानेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित मन्त्रालयका उपसचिव, सहसचिव, शाखा अधिकृत, इन्जिनियर, नायब सुब्बासहितका कर्मचारी छन्। त्यस्तै स्थानीय हतका जनप्रतिनिधिहरूले पनि विदेश भ्रमण गरेका छन्। विदेश जानेमा नगरपालिकाका मेयर, उपमेयरका साथै गाउँपालिकाका उपाध्यक्षहरू पनि छन्। मन्त्रालयका अनुसार विदेश जानेमध्ये सबैभन्दा बढी शाखा अधिकृत छन्। यस अवधिमा सबैभन्दा धेरै ६४ जना अधिकृत भ्रमणका लागि विदेश गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत ४६ जना छन्।

त्यस्तै उपसचिव ४३, सहसचिव १८ र इन्जिनियर १५ जना विदेश गएको देखिन्छ। नायब सुब्बा सात, उपमेयर सात, जिसिअ सात, मेयर ६, कम्युटर अधिकृत चार, लेखा अधिकृत चार, उपाध्यक्ष दुईजना विदेश भ्रमणमा सहभागी भएका छन्। त्यसैगरी महानिर्देशक दुई, अनुसन्धान उपनिर्देशक एक, अनुसन्धान निर्देशक एक, कम्प्युटर अनुसन्धान एक, स्वकीय सचिव एक, मन्त्री एक र अनुसन्धान अधिकृत एकजनालगायतले विदेश भ्रमण गरेको देखिन्छ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७६ श्रावण १४
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७६ श्रावण १४
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ श्रावण १४

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७६ श्रावण १४

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७६ श्रावण १४
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७६ श्रावण १४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण १४
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण १४

das beste Casino Deutschlands

२०७६ श्रावण १४

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण १४

Avast Free Review Windows

२०७६ श्रावण १४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.