प्रतिराेधमा उत्रिए चन्द, भाेलि नेपाल बन्द

काठमाडाैं : साउन १५ गते बुधबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आवह्वान गरेको हो । नेकपाले यहीँ साउन १५ गते अर्थात भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ ।

विद्रोहीनेकपाले लामा सहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग गरेको छ । नेकपा प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, ह त्यारा, गु ण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ ।

यसले आफ्नै काठमाडौं अदालत समक्ष गि रफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने नि रंकुश र आत तायी गि रफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्स ना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

हेर्नुस् विज्ञप्ति

सम्बन्धित खवर

Back to top button