‘बालुवाटार जग्गा प्रकरणकाे साक्षी मेटाउन कांग्रेस नेता श्रेष्ठकाेह त्या’

काठमाडाैं : बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा बिक्रीमा मुछिएका भनिएका युक्तप्रसाद श्रेष्ठ माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हामफालेर आत्मह त्यागरेको भनिएको घटनाको छानबिन गर्न कांग्रेसका सांसदले माग गरेका छन् ।

कांग्रेस सांसद तथा पूर्वगृराज्यमन्त्री देवेन्द्रराज कँडेलले राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बालुवाटारको जग्गा प्रकरणमा सूचना चुहाउन सक्ने भएकाले श्रेष्ठको ह त्यागरिएको हुन सक्ने आशं का व्यक्त गरेका हुन् ।

‘बालुवटारको जग्गा प्रकरणमा केही कुरा चुहाउन सक्छन् भन्ने जानेर नै ह त्या गरिएको त होइन ?’, कँडेलले भने, ‘यसबारे सत्य तथ्य बाहिर आओस् ।’ श्रेष्ठले १२ साउनमा माछापोखरीस्थित हिमालय सिटी सेन्टरबाट हाम फालेर आत्मह त्यागरेको प्रहरीले जनाएको थियो । कांग्रेस पर्वतका सचिव श्रेष्ठ डिल्लीबजार मालपोतका तत्कालीन खरिदार थिए ।


कँडेलले श्रेष्ठको ह त्याभएको हुन सक्ने भन्दै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । ‘यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ ?’, कँडेलको प्रश्न थियो, ‘पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको का ण्डमा खरिदारले के कस्तो भूमिका खेल्न सक्छन् ? ९० किलोको मान्छे आठ तलामाथिबाट हामफाल्दा र गतनआउनु र अं गभं गनहुनु तथा देख्ने कोही नहुनुले आशं का पैदा गरेको कँडेलले जनाए ।

‘पो स्टमार्टम रिपोर्टमा के भनिएको छ ?’ उनले भने ‘ठूला नेता मुछिएकाले साक्षी मेटाउन यो घटना गराइएको हुन सक्छ ।’
उनले साक्षी मेटाउने किसिमले ह त्य गरिएको आशं का उब्जिएको बताए । कर्मचारीबाट राजीनामा गरिसकेका श्रेष्ठ सामाजिक संस्था लायन्स क्लबका नेशनल गभर्नर थिए ।

सम्बन्धित खवर

Back to top button