सनसनीपूर्ण घटनाः शिल्पा-छविकाे विवाह दर्ता गरिदिने वडासचिवकाे रहस्यमयी नि धन

काठमाडाैं : फिल्म निर्माता छविराज ओझा र शिल्पा पोखरेलको सम्बन्ध विच्छेदकाे घटनाले फरक माेड लिएकै बेला फेरि सनसनीपूर्ण घटना घटेकाे छ । शिल्पा-छविकाे विवाह दर्ता गराउने वडा सचिवकाे रहस्यमयी मृ त्यु भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको रहस्यमयी नि धन भएको हाे । उनकाे नि धनपछि सनसनी फैलिएकाे छ ।

पौडेलले निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए। केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन्।

आफूविरुद्ध निवेदन परेपछि उनी केही दिनदेखि तनाबमा थिए। पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ या छैन भन्ने कुरा नबुझी विवाह दर्ता गराएर अख्तियारीको दुरुपयोग गरेको आरोप उनीमाथि लागेकाे स्राेतले जनाएकाे छ।

छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा वडा सचिवको मृ त्युलाई रहस्यमयी ढंगले हेरिएको छ। वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल भने घटना कसरी घट्यो भन्ने आफूलाई कुनै जानकारी नभएको बताए ।

आइतबार बिहान ३ बजे उनको नि धन भएको थियो। उनको मंगलबार पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको पारिवारीक स्रोतले जनाएकाे छ। तर, मृ त्युको कारण भने हालसम्म खुलेको छैन। ५० वर्षीया पौडेल श्रीमती र छाेरीसहित लैनचौरमा बस्दै आएका थिए। छोरा अष्ट्रेलियामा बस्दै आएका थिए।

सम्बन्धित खवर

Back to top button