भाेलिकाे नेपालबन्द, आजै नेकपा नेतृ ‘भृकुटी’ प क्राउ


काठमाडौं : सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरप कडका बि रुद्ध ्बुरधबार नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ काठमाडौँबाटै गिर फ्तार परेकी छन् । अखिल नेपाल महिला सङ्घ (क्रा न्तिकारी) की केन्द्रीय महासचिव समेत रहेकी भृकुटीलाई प्रहरीले काठमाडौंको बुढानिलकन्ठबाट गिर फ्तार गरेको हो ।
पछिल्लोसमय सरकारले वार्ता गर्ने हल्ला फैलाएर आफ्ना पार्टीका नेता कार्यकर्तालाई द मन गर्ने गिर फ्तार गर्ने र ब्यापक धर पकड गर्ने गरेको भन्दै नेकपाले काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्दको आ व्हान गरेको बेला नेतृ भृकुटीलाई प्रहरीले गिर फ्तार गरेको छ । यसअघि पटक पटक गिर फ्तार परिसकेकी भृकुटी लामो समयदेखि पार्टीको काठमाडौँ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।



भृकुटीलाई कहाँ राखेको छ भन्ने प्रहरीले केही जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ । नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको गिर फ्तारीविरुद्ध नेकपाले भोलि उपत्यकासहित ११ जिल्ला बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्र काण्डले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मो र्चाका केन्द्रिय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिर फ्तार गरेकोप्रति निन्दा र घोर भत्र्स ना गरी तुरुन्त रिहाइको माग गर्दै सं घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
संघ र्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी अन्चलका सबै र जनकपुर (रामेछाप र दोलखा) जिल्ला बन्द घोषणा गरेका हुन् । जसअन्तर्गत बुधबार रामेछाप र दोलखासहित पुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द हुनेछन् । प्रवक्ता प्र काण्डले विज्ञप्तिमा भनेका छन्ः
‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघा ती, व्यभीचारी, लु टेरो, दलाल,ह त्यारो, गु ण्डानायक प्रहरीभित्रको बदनाम गिरोहले गिर फ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिर फ्तारीकोऔचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि ना ङ्गो झुठ र नक्कली बहानामा जे लचलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशा हहरुको हर्कत माथ गर्ने निरं कुश र आत तायी गिर फ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्स नागर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’
पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले ना ङ्गिएको र सं कटमापरेको विज्ञप्तिमा उल्लेख छ । त्यही संक टमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको र सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्य न्त्रबाहेक अरु केही नभएको विज्ञप्तिमा उल्लेख छ । । त्यसकारण द मन, षड्यन्त्र र ह त्या बन्दगर्न चेतावनीसहित सं घर्षका कार्यक्रम घोषणा गरिएको बताइएको छ ।