यस्ताे छ आज बुधवारकाे माैसम
काठमाडौं, १५ साउन : आज (बुधबार) मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिण तिर रहेको छ, जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश सामान्य देखि पूर्ण बदलीको अवस्था छ । देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ ।
श्रावण १५ गते (बुधबार) : दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ । रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ, देशको एक–दुई स्थानमा भारी वर्षाको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : राती पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।