बन्दकाे असर १५ वटै जिल्लामाः हेर्नुस् कहाँ-कहाँ के भयाे ?


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका कारण उपत्यकासहित १५ जिल्ला विहानैबाट ठप्प भएका छन् । नेता कार्यकर्तामाथिको दमन, धरप कड र ज्यादतीबिरु द्ध भन्दै नेकपाले बुधबार उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको हो । बन्दका कारण बिहानी सेवाका कलेज, स्कुलहरु ठप्प छन् भने लामो तथा छोटो दूरीको यातयात समेत चलेको छैन ।
सधै बिहानैदेखि सवारीसाधनको चाप हुने उपत्यकाआ ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरपनि बन्दको दिन सुनसान बनेको छ । त्यस्तै रामेछाप र दोलखा, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द भएका छन् । यसअघि बन्दको पूर्वसन्ध्यामा ११ वटै जिल्लामा नेकपाका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।



बन्दको क्रममा मकवानपुर गएराती र आज बुधबार बिहान दुईस्थानमा गाडी जलाइएको छ । गाडीमा रहेकालाई ओरालेर गाडी जलाएको प्रहरीले जनाएको छ । हेटौंडाका ठाउँ ठाउँमा सं कासपद वस्तु भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने मन्ज्याङमा निजी कारमा आग जनी भएकाे छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा आग जनी भएको हो ।
कारमा चढेका दुईजनालाई ओरालेर आग जनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । कार पूर्ण रुपमा जलेको छ । यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आग जनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताएका छन् ।
ज्यामिरेमा गुढीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम टाढैबाट प्रहार गरेका थिए । पेट्रोल व म प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उनले बताए । बन्दको क्रममामा हेटौंडाको चार स्थानमा ब म भेटिएको छ । ब म लेखिएका संकासपद् वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । सं कासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सेनाले संकासपद् वस्तु डिस्पोज गर्दा ठुलो आवाज आएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
यस्तै प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा रहेको एनसेलका ३ टावरमा आग जनी भएको छ । मंगलबार साँझ भद्रपुर कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आग जनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा ब मबिस्फोट भएको छ । राति एक्कासी एनसेलको टावरमा आग जनी भएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यस्तै काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति ब म विस्फोट भएको छ ।
बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली ब म बिस्फोट भएको हो । ब म प ड्केको आवाजले स्थानीयबासी त्र सित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले वि स्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए। वि स्फोटबाट भएको क्ष तिको विवरण आइसकेको छैन । चर्चित जनवादी कलाकार समेत रहेका लामालाई प्रहरीले साउन ४ गते काठमाडौंकाे काँडाघारीमा सुतिरहेको अवस्थामा मध्यराति गि रफ्तार गरेपछि बन्द आव्हान गरिएको हो । एनसेल बिस्फोटमा दो षी ठहर गर्दै जिल्ला अदालत ललितपुरले पुर्पक्षको लागि उनलाई थुनामा राखेकाे हाे ।








