काठमाडौं : पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा ७२ वर्षदेखि बन्द १ हजार पूरानो हिन्दू मन्दिरलाई दर्शनका लागि खोलिएको छ । सियालकोटमा रहेको यो शिवालय मन्दिर सरदार तेजा सिंहले निर्माण गरेका थिए । सन् १९४७ मा भारतबाट पाकिस्तान अलग भएपछि मन्दिर बन्द गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बाबरी मस्जिदमा सन् १९९२ मा आ क्रमण भएपछि पाकिस्तानको यो शिवालय मन्दिरमा पनि क्षति पुर्याइएको थियो । त्यसपछि हिन्दूहरूलाई मन्दिरको प्रांगणमा जानबाट पनि रोकियो ।
स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् कि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मन्दिर खोल्ने निर्देशन दिएका छन् । पाकिस्तानका एक हिन्दू व्यक्तिले भने, ‘मन्दिर खोल्ने प्रधानमन्त्रीको फैसलालाई हामी सराहना गर्छौं, अब हामी जतिबेला चाह्यौं त्यतिबेला यहाँ आउन सक्छौं ।’
पाकिस्तानी सरकारले उक्त मन्दिरमा छिट्टै जीर्णोद्धारको काम थाल्ने बताएको छ । केही दिनअघि प्रधानमन्त्री खानले हिन्दूहरूलाई जब रजस्ती मुसलमान बनाउनु इस्लामको वि रुद्धमा हुने वक्तव्य दिएका थिए । पाकिस्तानमा अल्पसंख्यक रूपमा रहेका हिन्दूहरू प्रधानमन्त्री खानको यस्तो निर्णयले खुशी भएका छन् ।