काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले विभिन्न विभागको नेतृत्व टुंगो लगाएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालया बैठकले ३२ विभागको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जसमा संगठन विभाग प्रमुखमा वामदेव गौतम । प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल रहेका छन्। अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे भएका छन् भने स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ।
यसअघि स्कुल विभाग प्रमुखमा को हुने भन्ने विषयमा वि’वाद हुँदा लामो समय नेतृत्वले टुंगो लगाउन सकेको थिएन। पार्टीका विभिन्न आयोगको नेतृत्व कसलाई दिने भन्नेबारे टुंगो लागेको छैन। त्यसका लागि सचिवालयको बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।